रिहा लगतै महरालाइ प्रचण्डको टेलीफोन, ‘निर्दोष सावित भएकोमा बधाई छ !’

५ फागुन, काठमाडौं । जबर्दस्ती क’रनीको आरोपमा अदालतबाट सफाइ पाएसँगै डिल्लीबजार कारागारबाट छुटेका पूर्वसभामुख कृष्णबहादुर महरा र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोनमा कुराकानी भएको छ ।

जिल्ला अदालत, काठमाडौंले सोमबार महरालाई सफाइ दिएको थियो । लगतै प्रहरीले उनलाई डिल्लीबजार का’रागार पुर्‍यायो । त्यहाँ सबै प्रक्रिया पूरा गरेपछि उनी रिहा भए ।

जेलबाट छुटेर बाहिर निस्कने क्रममा महरालाई नेकपा अध्यक्ष प्रचण्डको फोन आएको थियो । उनले महरालाई निर्दोष सावित भएकोमा बधाई दिएका थिए ।

रोशनीकै बयानका आधारमा महराले पाए सफाइ

पीडित भनिएकी संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीको बयानलाई नै आधार मानेर सोमबार काठमाडौं जिल्ला अदालतले महरालाई पूर्ण सफाइ दिएको हो।

‘आज भएको फैसलामा प्रतिवादी कृष्णबहादुर महराले सफाई पाउनु भएको छ,’ अदालतका श्रेस्तेदार आनन्दराज श्रेष्ठले भने, ‘प्रतिवादीको तत्काल अनुसन्धानको क्रममा भएको बयान र यस अदालतमा भएको बयानलाई पुष्टि गर्दै सफाइ भयो।’ ​रोशनी शाहीले जा हेरी दिँदा र अदालतमा उपस्थित हुँदा बयान फेरेपछि महाराले सफाइ पाउने बाटो खुलेको हो।

घ’ट’नाको दिन आफ्नो डेरा कोठामा आउँदै नआएको र प्रतिवादीले कु’ट’पिट नगरेको, पीडितले अभियोग दाबीबमोजिम कसुर नगरेको भनी स्पष्ट खुलाइदिएकोले कृष्णबहादुर महराले पूर्ण सफाइ पाउनुभयो’ श्रेष्ठले भने।

रोशनीले जाहेरी दिँदा महरा आफ्नो डेरामा आएको र कु’ट’पि’टसमेत गरेको उल्लेख गरेकी थिइन्। त्यस्तै, रोशनीको डेरामा भेटिएको महराको चस्मा तथा गिलासमा रहेको औँठा छाप विश्लेषण गर्न नपाइएको पनि अदालतले बताएको छ। ‘परीक्षणका लागि पठाइएको गिलास चस्मामा रहेको औँठाको छाप प्रतिवादीको औँठाको छापसँग तुलनात्मक रुपमा विश्लेषण गर्न पाइएन’ उनको यो भनाइ थाहा खबर अनलाइले प्रकाशित गरेको छ ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…