ट्रम्प हिँड्ने बाटोमा सुकुमवासी बस्ती छोप्‍ने पर्खाल बनाइँदै भारत, हाउडी मोदीको जवाफमा यस्तो छ तयारी

अहमदाबाद : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प यही फेब्रुअरी २४ मा भारत भ्रमणमा आउँदैछन् ।

उनलाई गुजरातमा भव्य स्वागतको तयारी गरिएको छ । तर ट्रम्प दम्पती हिँड्ने बाटो आसपास फोहोरमैला ढाक्ने गरी पर्खाल निर्माण गरिने भएको छ ।

गुजरातमा देखिने फोहोर र झुपडी छोप्ने गरी पर्खाल निर्माण गरिने भएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीको सडक विस्तार कार्यक्रम योजना अन्तर्गत पर्खाल र सडक समेत निर्माण गरिने बताइएको छ ।

अहमदाबाद एयरपोर्टबाट गान्धीनगरसम्मको सडक छेउमा पर्खाल निर्माण गरिन लागिएको हो । सात फिट अग्लो उक्त पर्खाल स्थानीय सुकुमवासी बस्ती ढाक्ने गरी बनाउन लागिएको हो ।
जहाँ दुई हजार सुकुमवासी परिवार र झुपडी रहँदैआएका छन् ।

यहाँ निर्माणका लागि दिनरात गरी कामदार खटिएका छन् । मोदी र विजय रुपनी नेतृत्वको गुजरात सरकार मिलेर ‘केम छो ट्रम्प’ कार्यक्रम आयोजना गर्दैछन् । उक्त कार्यक्रममा एक लाख जति मानिस उपस्थित हुने अपेक्षा गरिएको छ ।

हाउडी मोदीको जवाफमा भारतमा ‘केम छो ट्रम्प’कार्यक्रम

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो पत्नी मेलानिया ट्रम्पसँग भारत यात्रामा निस्कँदैछन् । भारतमा अहिले ट्रम्पको भ्रमणको लागि जोडतोडसँग तयारी चलिरहेको छ ।

ट्रम्प २४–२५ फेब्रुअरीमा भारत हुनेछन् । यो दुई दिने भ्रमणका क्रममा ट्रम्प दिल्ली र अहमादाबाद पुग्नेछन् ।

केही समय अघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकामा जुन प्रकारले सम्मान व्यक्त गरिएको थियो, त्यसैगरी ट्रम्पको स्वागतको तयारी चलिरहेको छ ।

अहिले अहमदाबादमा ह्युस्टनमा सम्पन्न ‘हाउडी मोदी’कै शैलीमा ‘केम छो ट्रम्प’ कार्यक्रमको तयारी चलिरहेको छ ।

गुजराती पदावली ‘केम छो ट्रम्प’को अर्थ ‘तपाईलाई कस्तो छ ?’ भन्ने हुन्छ ।

प्राप्त जानकारीका अनुसार यो कार्यक्रममार्फत अमेरिकी राष्ट्रपति भारतको जनतालाई सम्बोधन गर्नेछन् । कार्यक्रममा ट्रम्पसँग प्रधानमन्त्री मोदी पनि उपस्थित हुनेछन् ।

ट्रम्पको स्वागतका लागि विशेष तयारी

अघिल्लो वर्ष सेम्टेम्बरमा भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्युस्टनमा लगभग ५० हजार अमेरिकी र भारतीय मुलका मानिसलाई संयुक्त सम्बोधन गरेका थिए ।
अहमदाबादमा पनि उत्तिकै संख्यामा मानिस उपस्थित गराउने योजना छ ।

मिडिया रिपोर्ट अनुसार ट्रम्प र मोदीले अहमदाबादको मोटेरा क्षेत्रमा हालै निर्माण भएको सरदार बल्लभ भाई पटेल क्रिकेट रंगशालाको उद्घाटन पनि गर्नेछन् ।

स्रोतका अनुसार यो रंगशालाको दर्शक क्षमता १ लाख १० हजार छ जुन अष्ट्रेलियाकामा रहेको विशाल क्रिकेट रंगशालाभन्दा पनि ठूलो हो ।

अहमदाबादमा ट्रम्पको लागि विशाल ‘रोड शो’ कार्यक्रम पनि तय गरिएको छ । उनी साबरमती आश्रम पनि जानेछन् । साबरमती आश्रम महात्मा गान्धी बसोबास गरेको र भारतको स्वतन्त्रता संग्रामको केन्द्र हो ।
प्राप्त जानकारीका अनुसार ‘रोड शो’ अहमदाबाद एयरपोर्टबाट साबरमती आश्रमसम्म हुनेछ र यसको लागि १० किमी लामो बाटोलाई सजाइएको छ ।

समाजिक संजालमा मानिसहरु ‘केम छो ट्रम्प’ ह्यासट्याग राखेर ट्रम्पको यात्राको लागि भइरहेको तयारीको तस्विर तथा भिडियो शेयर गरिरहेका छन् ।

बीबीसी गुजराती संवाददाता तेजस वैद्यले साबरमती आश्रम र मोटेरा रंगशालामा झण्डै १० हजार प्रहरी तैनाथ गरिने तयारी रहेको बताए । तिनको अतिरिक्त दमकल विभागका अधिकारी पनि सो स्थानमा तैनाथ रहनेछन् ।

यति मात्र होइन, ट्रम्पको अहमदाबाद पुग्नुभन्दा दुई दिन पहिले नै मोटेरा रंगशालामा सशस्त्र सुरक्षाबलको तनाथी गरिनेछ । यो सुरक्षाबल २४ घण्टा सक्रिय रहन्छ ।

त्यस्तै ट्रम्पको भ्रमणलाई ख्यालमा राखेर मोटेरा रंगशाला र साबरमती आश्रमको छेउछाउ झण्डै १६ वटा सडक पुनरनिर्माण गरिँदैछ ।

त्यस्तै सहरका स्कूल र कलजेमा पढ्ने विद्यार्थीलाई मोटेरा रंगशालामा हुने कार्यक्रममा भाग लिन बोलाइँदैछ ।

अमेरिकामा राष्ट्रपतीय चुनाव नजिकिँदै गर्दा हुन लागेको डोनाल्ड ट्रम्पको भ्रमण निकै महत्वपूर्ण मानिएको छ ।

केही विश्लेषकको विश्वासमा ट्रम्पको भारत भ्रमण उनको चुनावी अभियानको एक हिस्सा हो । अमेरिकामा गुजराती मुलका र भारतीय मुलका अमेरिकीको महत्त्वपूर्ण हिस्सा छ ।

ट्रम्पले यो भ्रमणमार्फत ती मतदातालाई प्रभावित बनाउन लागेको विश्वास गरिएको छ ।

राष्ट्रपति ट्रम्पको उनको चार वर्षे कालकालको अन्तिम वर्षमा भारत आउदैंछन् ।

केही विश्लेषकले ट्रम्पको भ्रमणको समयमा दुई देशबीच कुनै महत्वपूर्ण व्यापार सम्झौता हुन सक्ने बताए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच यो साता फोनमा कुराकानी भएको थियो । फोन वार्तामा दुई नेताले ट्रम्पको भारत भ्रमण र भारत–अमेरिकाको रणनीति साझोदारीसम्बन्धमा कुरा गरिएको चर्चा छ ।

दुई नेताले यो आशा व्यक्त गरेका थिए कि यो यात्राबाट अमेरिका र भारतीय नागरिकबीचको सम्बन्ध थप मजबूद हुनेछ ।

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…