दाङमै मण्टेश्वरी विधिबाट उत्कृष्ट अध्यापन गराउन सफल ‘यूनाइटेड मण्टेश्वरी’ सातौं वर्षमा प्रवेश

घोराही । दाङ जिल्लामा मण्टेश्वरी विधिबाट उत्कृष्ट अध्यापन गराउन सफल भएको घोराही स्थित यूनाइटेड मण्टेश्वरी स्कुल सातौं वर्षमा प्रवेश गरेको छ ।

२०६९ सालमा स्थापना भएको यूनाइटेडले शनिवार एक भव्य समारोहको आयोजना गरेर विद्यालयको सातौं वार्षिकोत्सव समारोह मनाएको हो । वार्षिकोत्सब समारोहमा विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिहेको छ ।

त्यसैगरी विद्यालयमा योगदान पुर्याउने शिक्षक शिक्षिकाहरु, कर्मचारी तथा वार्षिकोत्सबको अबसरमा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगिताका सहभागि तथा विजयी हुन सफल अभिभावकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

यूनाइटेड जिल्लामा उत्कृष्ट मण्टेश्वरीको रुपमा परिचति छ । विद्यालयमा विद्यार्थीहरुलाई शिक्षाको साथै सस्कार निर्माणमा महत्वपूर्ण जोड दिइएको संस्थापक महेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

‘हामी घोकन्ते विद्यामा होइन, विद्यार्थीको सृजनात्मक अभ्यासमा विश्वास गर्दछौं,’ उहाँले भन्नुभयो, ‘विद्यार्थीको शैक्षिक, मानसिक, शारिरिक विकासका साथै उनीहरुको संस्कार निर्माणमा हामीले मुख्य जोड दिइरहेका छौं ।’

विद्यालयका शिक्षा निर्देशक केशरमान बुढाथोकीले दाङको मण्टेश्वरी शिक्षामा यूनाइटेडको नाम अग्रपंक्तिमा आउने बताउनुभयो । ‘मण्टेश्वरी शिक्षण विधिको दाङमा सुत्रपात गर्ने नै हामी हौं,’ उहाँले भन्नुभयो, ‘अगामी दिनमा हामीले विद्यालयलाई अँझ व्यबस्थित ढंगले सञ्चालन गर्ने छौं ।’

विद्यालयका प्रवन्ध निर्देशक लोकबहादुर बुढाथोकीले बालबालिकाले हेरेर र अनुभव गरेर सिक्ने भएकाले घरमा अभिमावकहरुले निकै ख्याल गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले बच्चालाई सस्कार सिकाउनका लागि विद्यालयका साथै घर परिवार पनि महत्वपूर्ण हुने बताउनुभयो ।

विद्यालयका प्रिन्सिपल रञ्जना पछाईको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाइका संयोजक रामला खड्का, नेपाल पत्रकार महासंघ दाङका सचिव भुपेन्द्र वली, प्याप्सनका केन्द्रीय सदस्य यादव गिरी, अभिभावकहरु डाक्टर मंगलकान्त झाँ र पत्रकार पाण्डव शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन शिक्षक सुशिला बस्नेतल गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै चेतनामुलक नाटक देखाएका थिए ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…