शुभचिन्तकले सोधे, ‘अब त छुट्ने बेला भएन ? मुस्काउँदै महराले भने, ‘नछुटे पनि के भयो र, डिल्ली बजार घर जस्तै छँदैछ

काठमाडौं : संसद सचिवालयकी कर्मचारीमाथि ब ला त्कार प्रयास मु’द्दाको अन्तिम टुंगो लाग्ने अपेक्षासहित पूर्वसभामुख कृष्णबहादुर महरा आइतवार बबरमहलस्थित जिल्ला अदालत काठमाडौंमा पुगेका थिए।

आफ्नो पक्षका अधिवक्ताहरुको बहस अन्तिमक्रममा पुग्दै गर्दा महराको अनुहारमा रिहा हुने आशाका किरण प्रष्टै देखिन्थे। तर उनको पक्षमा वकिलहरुको बहस सकिएर फैसला लेख्न ढिला भएपछि भोलिसम्मलाई हैर्दाहेर्दैमा सारियो।

न्यायाधीश अम्बरराज पौडेलका इजलासमा दुवै पक्षका वकिलहरुको बहस सकिएर फैसला लेख्न बाँकी भएपछि भोलिसम्मलाई हेर्दा हेर्दैमा राखिएको श्रेष्तेदार अम्मबरराज श्रेष्ठले जानकारी दिए।

न्यायाधीश पौडेलको इजलासमा सुनुवाइ चलिरहँदा महरा आफ्ना शुभचिन्तक र साथीहरुसँग मु\स्काउँदै भलाकुसारी गरिरहेका देखिन्थे। अदालत परिसरमा सुनुवाइ सकिएर फैसला कुरिरहेको समयमा महराले केही शुभचिन्तकहरुसँग खुलेर गफ गर्न भ्याए। अन्तिम फैसला हुने अपेक्षा गरिएको दिन महराको मुहारमा कुनै हीनताबोध देखिँदैन थियो।

उनी रिहा हुने आशासहित अदालतमा उपस्थित भएको उनको हाउभाउबाट देख्न सकिन्थ्यो। उनले साथी र शुभचिन्तकहरुसँग कुरा गर्दा डिल्लीबजार का’रागार आफ्ना लागि घर भइसकेको पनि बताउन भ्याए। कुराकानीका क्रममा उनलाई एकजना शुभचिन्तकले प्रश्न गरेका थिए। एकजना शुभचिन्तकले सोधे, ‘अब त छुट्ने बेला भएन?’, त्यसको उत्तरमा मुस्काउँदै महराले भने, ‘नछुटे पनि के भयो र, डिल्ली बजार कारागार घर जस्तै छँदैछ नि।

मैले तीन महिना त त्यहाँ बिताइसकेँ।’ उनले आफूलाई थुनामा राखिएको डिल्ली बजार सदरखोरलाई घरकै संज्ञा दिए। यसो भन्दा उनको अनुहारमा कुनै अफ्ठेरोको रेखा देखिँदैनथ्यो। महरा शुभचिन्तकहरुसँग गफिँदै गर्दा इजलासबाट अन्तिम फैसला दिन आज नभ्याएको भन्दै भोलिसम्मलाई हेर्दा हेर्दैमा राखेको खबर आयो।

त्यसपछि उनी केहीबेर मौन भए। त्यसबीचमा सहयोगीहरुले के हुन्छ भनिरहेका थिए। तर उनले आफूलाई भोक लागिसकेको बताए। ‘कतिबेर कुर्ने टुंगो भएन। यहाँ आउनु परेकाले खाना खान पाइएन। उहाँ भए पाइन्थ्यो’, उनले भने।

महराको पक्षमा फैसला आँकलन भइरहेका बेला आफ्नो पक्षमा निर्णय आएको अवस्थामा पनि जेलबाट छुट्न २४ घण्टा लाग्ने उनले सुनाए। ‘यहाँबाट फैसला आए पनि २४ घण्टा त लागिहाल्छ नि। अदालतको चिठ्ठी लानुपर्‍यो, कानुनी प्रक्रिया पूरा गर्नुपर्‍यो।’

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…