कोरोनाबाट ज्या’न गुमाउनेहरुको सम्झनामा द्वीप प्रज्वलन गर्दा भावुक बनिन् चिनियाँ राजदूत

हाल विश्वमा नै त्रास उत्पन्न गराइरहेको कोरोनाभाइरसका कारण ज्या न गुमाउनेहरुको सम्झनामा काठमाडौं द्वीप प्रज्वलन गरिएको छ।

भाइरसबाट सबैभन्दा ठूलो क्षति बेहोरेको र सोसँग जुधिरहेको चीनको नेपालका लागि राजदुत होउ यान्छीको उपस्थिति सो कार्यक्रम गरिएको हो।

राष्ट्रिय सभागृमा बुधबार आयोजित कार्यक्रममा कोरोनाभाइरसको संक्रमणबाट ज्या’न गुमाउनेहरूको सम्झना गरिनुकासाथै संक्रमणसँग जुधिरहेकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो।

ट्रान्स हिमालय डेभलपमेन्ट सेन्टर नेपालको आयोजनामा भएको यस कार्यक्रममा मन्त्री, पूर्व मन्त्री, कलाकार, पत्रकार, बिद्यार्थी तथा सर्वसाधारणहरूको उपस्थित थिए।

कार्यक्रममा नेपाली समुदायले प्रकट गरेको यस सद्भावले आफ्नो मन छोएको राजदुत होउ यान्छीको बताइन्।

‘यो क्षणले मुटु छोएको छ। यस क्षणमा चीन एक्लै छैन। यो हामीलाई नेपाली दिदीबहिनी तथा दाजुभाइबाट प्राप्त समर्थन हो। धेरै धन्यवाद।’, उनले भनिन्।

आफ्नो लिखित सम्बोधनमा चीन छिट्टै यस समस्याबाट उम्कने आशा व्यक्त गर्दै चीनले यसको रोकथामका लागि काम गरिरहेको र यसमा राष्ट्रपति सि जिङपिङ स्वयमले थुप्रै लिखित निर्देशन दिएको बताइन्।

यसैगरी उनले चीनले यसका विरुद्ध विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार काम गर्न सकिरहेको बताउँदै चीनले यसबाट छुट्टै मुक्ति पाउने आशा व्यक्त गरिन।

उनले कोरोनाभाइरस विरूद्ध चीनले जिम्मेवारपूर्ण कदम चालिररहेको बताइन्।

‘चीनबाहिर यसबाट संक्रमितहरू हुनेको संख्या ४०० मुनी छ जुन कुल संक्रमितको संख्याको १ प्रतिशत मात्र हो’, उनले भनिन् ‘यसको अर्थ चीनले सीमापार संक्रमणको फैलावटको रोकथाममा अपनाएको कदम प्रभावशाली र परिणाममूखी छ।’

कार्यक्रममा पाठशाला नेपालका विद्यार्थीहरुले ‘तिमीलाई चोट लाग्दा हामी साथमा छौं’ बोलको गीत गाएका थिए। सो गीतलाई उनीहरुले नेपाली तथा चिनियाँ दुबै भाषामा गाएका थिए।

यसैगरी कार्यक्रममा आइ छोइङले करूणा मन्त्र गाएकी थिइन भने कवि बलराम दाहालले ‘हामी साथमा छौं’ शीर्षकमा कविता सुनाएका थिए। यसैगरी हास्य कलाकार मनोज गजुरेलले हाल कोरोनाभाइरसको भन्दा पनि सामाजिक संजालमा यस सम्बन्धी फैलाइएको झूटो हल्लाले मानिसहरूलाई आतंकित पारिरहेको बताउँदै आधिकारिक सूचनाहरू लिन आग्रह गरेका थिए।

यसका साथै राजधानीका विभिन्न विध्यालयका विद्यार्थीहरूले पेन्टिङमार्फत कोरोनाभाइरसलाई प्रस्तुत गरेका थिए।

भर्खरै प्रकाशित

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…

नेपालको परराष्ट्र नीति : खतिवडालाई देखेका बाइडेन पनि अब अर्को…

काठमाडौँ । अन्तर्राष्ट्रिय जगतमा नेपालको कूटनीतिक छवि कमजोर रहेको चर्चा बारम्बार हुने गर्छ । अरुको त के कुरा भूटानी शरणार्थीको सवालमा नै नेपाल भूटानसंग कुटनीतिक…