काम नगर्ने ठेकेदारलाई अन्तिम मौका : गृहमन्त्री

मकवानपुर — गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने र विकास निर्माणको कामलाई अलपत्र अवस्थामा छाड्ने ठेकेदारलाई सरकारले अन्तिम मौका दिन लागेको बताएका छन् ।

मकवानपुरको फापरबारीमा शनिबारदेखि सुरु भएको वागमती गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै गृहमन्त्री थापाले काम नगर्ने ठेकेदारका कारण धेरै विकास निर्माण काम अवरुद्ध भएको बताएका हुन्। उनले अन्तिम मौका दिँदा समेत काम नगर्ने ठेकेदारलाई सरकारले कारबाही गर्ने चेतावनी दिए।

‘काम नगर्ने र र विकास निर्माणको कामलाई अलपत्र अवस्थामा छाड्‍ने ठेकेदारलाई अन्तिम मौका दिने विषयमा प्रधानमन्त्रीसँग छलफल भइसकेको छ। अब अन्तिम मौका दिइनेछ। उक्त अवधिमा पनि काम नभए सरकारले कारबाही गर्नेछ,’ उनले भने।

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…