कोरोना भाइरसका संक्रमितका लागि श्रीलंकाकामा मुस्लिम समुदायले गरे प्रार्थना

कोलम्बो : चीनमा कोरोना भाइरसका संक्रमित तथा पीडितहरुका लागि श्रीलंकाका मुस्लिम समुदायले प्रार्थना गरेका छन् ।

श्रीलंकाका मुस्लिम समुदायका धर्मावलम्वीले शुक्रबारको नियमित प्रार्थनामा उनीहरुसँग ऐकवद्धता दर्शाएका हुन् । २ हजार भन्दा धेरै मुस्लिम धर्मावलम्वीहरु १९औं शताब्दि पुरानो देवतगाहा मस्जिदमा भेला भएर प्रार्थना गरेका हुन् ।

कोलम्बोमा रहेको उक्त मस्जिदमा सांसद एस एम मरिकर पनि सहभागी थिए । चीनको पीडाप्रति दुखी रहेको भन्दै आफूहरुको ऐकवद्धता रहेको यहाँका मुस्लिम धर्मावलम्वीहरुले जनाएका थिए ।

६७ हजार बढी संक्रमित

कोरोना भाइरसका कारण चीनमा शुक्रबार मात्रै १३९ जनाको मृ त्यु भएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार भाइरसको उद्गमस्थल हुबेईमा मात्रै शुक्रबार ११६ जनाले ज्या न गु माएका छन् ।

शनिबार बिहानसम्म कोरोना भाइरसका कारण मृ त्यु हुनेको संख्या एक हजार ५ सय २६ पुगेको छ । त्यसमध्ये फिलिपिन्स, हङकङ र जापानमा एक–एक जनाको मृ त्यु भएको छ । चीनमा मृ त्यु हुने एक हजार ५ सय २३ मध्ये एक हजार एक सयय २३ हुबेईकै मात्रै छन् ।

शुक्रबार चीनमा थप २ हजार ६ सय ४१ जनामा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६७ हजार एक सय पुगेको छ । जसमध्ये ६६ हजार ४ सय ९२ संक्रमित चीनकै छन् । त्यस्तै ८ हजार एक सय ४१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ ।

‘भयावह बन्ने अवस्था छैन’

यसैबीच संक्रमितको पछिल्लो तथ्यांकले प्रकोप भयावह बन्नेतर्फ नदेखिएको युनिभर्सिटी अफ सिड्नीस्थित सेन्टर फर इन्टरनेसनल सेक्युरिटी स्टडिजका संक्रामक रोग विशेषज्ञ अदाम क्रमरादत–स्कटले बताएका छन् । ‘कोरोना भाइरस संक्रमण रोक्न चिनियाँ अधिकारीले सक्दो प्रयास गरिरहे पनि निकै ढिला र कम भएको छ,’ उनले भने ।

चीनसमक्ष एकतर्फ संक्रमणलाई फैलन नदिनु चुनौती छ भने अर्कोतर्फ भाइरस नियन्त्रण गर्न । तसर्थ, उसले हुबेई र वुहानलाई विशेष ध्यान दिइरहेको छ । सहरलाई लगभग बन्द गरिएको छ र देशभरका हजारौं स्वास्थ्यकर्मीलाई त्यहाँ पठाइएको छ ।

यसैबीच, चिनियाँ वैज्ञानिकले कोरोना भाइरसविरुद्धको दुइटा ‘एन्टिभाइरस ड्रग’ को परीक्षण गरिरहेको स्वास्थ्य आयोगले उल्लेख गरेको छ ।

उसका अनुसार परीक्षणका प्रारम्भिक नतिजा केही सातामै आउनेछ । वुहान अस्पतालका प्रमुखले संक्रमण भएर निको भएका बिरामीका ‘प्लाज्मा इन्फ्युजन्स’ ले सकारात्मक प्रारम्भिक नतिजा देखाएको बताएका छन् ।

विश्वका विभिन्न देशले कोरोना संक्रमणपछि आत्तिएर विविध निर्णय लिएको भन्दै विश्व स्वास्थ्य संगठनले आपत्ति जनाएको छ । उसले भाइरसका कारण मृ त्यु हुनेको संख्यामा त्यति धेरै वृद्धि नभएको र यसले महामारीको रूप नलिएको जिकिर गरेको छ ।

उसले हुबेई बाहेक अन्य क्षेत्रमा भाइरस संक्रमणमा वृद्धि नभएकाले अनावश्यक हल्लाका पछाडि नलाग्न र सावधानीपूवर्क गतिविधि गर्न भनेको छ । चीनका अन्य क्षेत्रसहित विश्वका अरु देशमा पनि संक्रमणको वृद्धि दर कम भएको पनि उसले जनाएको छ । तस्विर  : प्रतिनिधात्मक, श्रोत : गुगल

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…