यी हुन् ‘जीवन गौतम’ जसले न्यून स्तरको सरकारी विद्यालयलाइ दाङकै उत्कृष्ट विद्यालयमा परिणत गरे

  • भुपेन्द्र वली 

दाङ । तीन वर्ष अघिसम्म दाङको घोराहीस्थित श्री माध्यमिक विद्यालय रझेना जिल्लाको न्यून स्तरको सरकारी विद्यालयका रुपमा परिचित थियो । पढाइमा औसत मानिने विद्यार्थीको छनौटमा पर्ने हुँदा प्लस टू सम्म अध्यापन हुने भएतापनि विद्यालयमा जम्मा सात सयको हाराहारीमा विद्यार्थीले अध्ययन गर्थे । विद्यालयमा समयानुकूल भौतिक पूर्वाधारको विकास हुन नसक्दा उभिएर पढ्नुपर्ने बाध्यता थियो ।

तर हाल यो विद्यालयको अवस्था फेरिएको छ । तीन वर्षको अवधिमा मावि रझेनामा विद्यार्थीको संख्या बढेर १८ सयको हाराहारीमा पुगेको छ भने भौतिक पूर्वाधारले पनि फड्को मारेको छ । विद्यालयमा हाल नियमित पठनपाठनका अतिरिक्त मन्टेश्वरीदेखि प्राविधिक धारतर्फका कक्षाहरु पनि सञ्चालित छन् ।

हाल यो विद्यालय अभिभावकले बाध्यतावश छोराछोरी पढाउने विद्यालयका रुपमा नभई भर्ना हुनका लागि ठूलो कसरत गर्नुपर्ने उच्च स्तरको विद्यालयका रुपमा परिचित भएको छ । निजी विद्यालयमा छोराछोरी पढाउने चलनका बावजुद रझेना माविमा निजी विद्यालय छाडेर पढ्न आउने विद्यार्थीको संख्या उच्च छ । तीन वर्षको अवधिमा देखिएको यो परिवर्तन यत्तिकै सम्भव भएको भने हैन ।

श्री माध्यमिक विद्यालय रझेनामा विद्यार्थीले सिर्जना गरेका सामग्री अवलोकन गर्दै प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेल

सामुदायिक विद्यालयको व्यवस्थापन समितिमा अत्यधिक राजनीति हुने र त्यसले विद्यालयको पठनपाठनको स्तर खस्काउने चलनका बावजुद यो विद्यालयमा भने विद्यालय व्यवस्थापन समितिकै इच्छाशक्तिले अब्बल हुन सफल भएको छ । निजी छुटाएर अध्यक्षले नै भर्ना गरे सन्तान तीन वर्षअघि यो विद्यालयमा व्यवस्थापन समिति फेरियो ।

व्यवस्थापन समितिका अध्यक्षका रुपमा चुनिनुभयो स्थानीय जीवन गौतम । राजनैतिक पृष्ठभूमिबाट विद्यालयको नेतृत्व गर्न आइपुग्नुभएकाले उहाँमाथि पनि अन्यत्र जस्तै शैक्षिक विकास गर्नुहोला भन्ने धेरैको अपेक्षा थिएन । तर धेरैको आशंकाको बावजुद अध्यक्ष गौतमले निजी विद्यालयमा पढिरहेका आफ्ना दुई छोरीलाई नै आफु अध्यक्ष भएको सरकारी विद्यालयमा भर्ना गरिदिनुभयो ।

‘हामीले सामुदायिक विद्यालयलाई राम्रो बनाउनुपर्छ भन्ने तर आफ्ना सन्तानलाई भने निजीमा पढाउने । यसरी त आफु नेतृत्व भएको विद्यालयप्रति कसरी अपनत्व महसुस गर्न सकिन्छ जस्तो लाग्यो,’ अध्यक्ष गौतमले भन्नुभयो, ‘त्यसैले आफ्ना दुई छोरीलाई सर्वप्रथम भर्ना गराएँ । निजीबाट सरकारी विद्यालयमा सन्तानलाई पढाउन ल्याउँदा धेरैले गाली पनि गरे । परिवारबाट पनि धेरै दबाब आयो ।

तर मैले मानिनँ र आफू अध्यक्ष भएकै विद्यालयमा उनीहरुलाई पढाएँ ।’ त्यसपछि अध्यक्ष गौतमले निजी विद्यालय छाडेर सरकारीमा पढाउन अभियान नै चलाउनुभयो । गौतमले हाल आफ्ना सन्तानसँगै अन्य विद्यार्थीले पनि पढाइमा राम्रो परिणाम ल्याउँदा परिवार र अन्य अभिभावक सन्तुष्ट भएको बताउनुभयो ।

निजी छाडेर आउँदै

विद्यार्थी हाल यो विद्यालयमा नेपाली र अंग्रेजी र दुबै माध्यमबाट विद्यालयस्तरको पठनपाठन हुँदै आएको छ । दुबै माध्यममा निजी विद्यालय छोडेर पढ्न आउने विद्यार्थीको संख्या उच्च रहेको विद्यालयका प्रधानाध्यपक उद्धव न्यौपाने बताउनुहुन्छ ।

‘अध्यक्षले नै आफ्ना सन्तान भर्ना गरेपछि अन्य शिक्षक र अभिभावकलाई पनि दबाब प¥यो । उहाँहरुले पनि आफ्ना सन्तान भर्ना गर्नुभयो’ उहाँले भन्नुभयो, ‘अंग्रेजी माध्यमका कक्षामा पढिरहेका विद्यार्थी त प्रायः निजी विद्यालय छोडेर नै पढ्न आएका हुन् । गत वर्ष त विद्यार्थीको चाप बढेर अब भर्ना लिदैनौं, पुग्यो भनेर फर्काउनु प¥यो ।’ हाल विद्यालयले शैक्षिक नतिजामा पनि उत्कृष्ट हुन सफल भएको छ ।

वि.सं. २०१४ सालमा स्थापना भएको विद्यालयका विद्यार्थीले गत वर्षको एसइइमा ए प्लस ल्याउन सफल भएका छन् । यस्तै यसै वर्ष घोराही उपमहानगरपालिकाले शुरु गरेको कक्षा ८ को नगरस्तरीय परीक्षामा रझेना माविले ९८ विद्यालयहरुमध्ये दोस्रो स्थान हासिल पनि प्राप्त गरेको छ ।

नवनिर्मित विद्यालयको इण्डोर प्ले ग्राउण्ड सफा गर्दै विव्यस अध्यक्ष जीवन गौतम

दुई सयमा मन्टेश्वरी

हाल जिल्लाका अन्य विद्यालयमा मासिक करिब चार हजारदेखि १० हजारसम्म शुल्क लिएर मन्टेश्वरी कक्षा सञ्चालन हुँदै आएको छ । तर मावि रझेनामा भने मासिक दुई सय रुपैयाँमा बालबालिकाले मन्टेश्वरी कक्षा लिन पाउँछन् ।

विद्यालयले गत वर्षदेखि मन्टेश्वरी कक्षा सञ्चालनमा ल्याएको थियो । ‘आफ्ना छोराछोरी दुई वर्ष पूरा हुनेबित्तिकै मन्टेश्वरीमा भर्ना गर्न चाहे पनि आर्थिक अभावका कारण सकिरहेका छैनन् भन्ने अभिभावकको मानसिकता बुझेर नै हामीले मन्टेश्वरी कक्षा शुरुवात गरेका थियौँ ।’

प्रधानाध्यापक न्यौपानेले भन्नुभयो, ‘त्यस्ता अभिभावकका बच्चालाई पनि विद्यालय भर्ना गराउन शुरुमा एक सय रुपैयाँमा मन्टेश्वरी नारासहित अभियान नै चलायौं । २०७५ सालको माघ महिनामा सरस्वती पूजाको दिनदेखि प्ले ग्रुप सुरु गरेका थियौं । अभिभावकको आकर्षण यति धेरै बढ्यो कि हामीले बैशाख महिनादेखि नै एलकेजी र यूकेजी पनि सुरु गर्नुप¥यो।’

भर्खरे निर्माण गरिएको (प्रदेश ५ कै पहिलो) विद्यालयको इण्डोर प्ले ग्राउण्डको अवलोकन गर्दै

नमुना बन्दै विद्यालय

कुनै बेला विद्यार्थी नै नपाउने अवस्थामा पुगेको रझेना मावि हाल जिल्लाकै उत्कृष्ट नमुना विद्यालयका रुपमा स्थापित हुँदै गएको छ । हाल चालु शैक्षिक सत्रदेखि जिल्लामै यो विद्यालयमा पहिलो पटक कक्षा ११ मा कानून विषय पढाइ शुरु भएको छ । यस्तै प्राविधिकतर्फ डिप्लोमा सिभिल इञ्जिनियरिङ र जियोम्याट्रिकको पढाइ शुरु भएको विद्यालयका प्रधानाध्यापक उद्वव न्यौपानेले जानकारी दिनुभयो ।

विद्यालयको भौतिक पूर्वाधारको क्षेत्रमा पनि प्रगति हुँदै गएको प्रअ न्यौपानेले बताउनुभयो । विद्यार्थीका लागि स्वीमिङ पुल, ज्ञान पुस्तकालय, अत्याधुनिक ल्याव, सुविधासम्पन्न र आकर्षक भवन, सबै कक्षाकोठा र विद्यालय परिसर सीसीटिभी क्यामेराबाट निगरानी, विद्यार्थी आवतजावत गर्ने बसको व्यवस्था लगायतका सुविधा थपिदै गएको उहाँले बताउनुभयो ।

विद्यालयका अध्यक्ष गौतमले केही दिनअघि विद्यालयको ६२ औं वार्षिकोत्सवमा नयाँ प्याकेज घोषणा गर्दै मावि रझेनाबाट एसइइ परीक्षा दिएपछि हरेक विद्यार्थीलाई निशुल्क प्राबिधिक तालिम दिने घोषणा गर्नुभएको छ । ‘अब मावि रझेनाबाट एसइइ दिने विद्यार्थीले एसइइको प्रमाणपत्रसँगै एउटा जीवनउयोगी सीप पनि सिकेर जानेछन्,’ उहाँले भन्नुभयो, ‘एसइइ परीक्षापछि तीन महिना प्लम्बिङ र इलेक्ट्रिसिटी तालिम निःशुल्क रुपमा दिइनेछ ।’

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…