गरिवको घरमा पनि राख्न सकिन्छ एसी तर, खरिद गर्दा यी कुरामा ध्यान पुर्‍याउनु जरुरी छ

नेपाली मध्यवर्गीय समाजमा एसीको प्रचलन खासै बढेको पाइदै। एसी राख्दा विजुलीको बिल धेरै आउँछ भन्ने सोचाइ धेरैको हुन्छ। तर, आफ्नो कोठाको साइज अनुसार उचित एसी छनोट गर्न सके नेपाली मध्यवर्गीय समाजलाइ एसी राख्न त्यति महँगो पर्दैन।

गर्मीको सिजन सुरु भएसँगै चिसोको आवश्यकता महसूस भएको छ। जाडोको सिजनमा कोठा तातो बनाउन हिटर किन्ने उपभोक्ता गर्मीमा त्यस भन्दा ठिक विपरीत काम गर्ने अर्थात कोठाको वातावरणलाई चिसो बनाउने एसी किन्ने सुरसारमा हुन्छन्।

व्यापारीहरुका अनुसार गर्मी लागेसँगै एसीको विक्री पनि बढ्न थालेको छ । कुमारीपाटीस्थित न्यु जेबी ट्रेडर्सका संचालक महेश झाका अनुसार गर्मीको सुरुवातसँगै घरेलू तथा विभिन्न अफिसहरुमा एसी जडान तथा भएकाहरुको मर्मत गर्नका लागी मानिसहरुले सम्पर्क गर्न थालेका छन्।

उनले भने, ‘गर्मी लागेपछि मानिसको ध्यान एसीतिर गएको छ, केहि समय अघिसम्म हिटर छ भनेर सोध्नेहरु आजभोलि एसी खोज्ने थालेका छन्’ उनको भनाइमा चर्को गर्मी हुने बेला आइ नसकेपनि अहिलेदेखि नै गर्मी छल्ने तयारीकारुपमा मानिसहरुले एसी खोज्दै आउने गरेका छन्।

विभिन्न कम्पनीहरुका सामान्यतया ०.७५ देखि ४ टनसम्मका एसी बजारमा उपलब्ध छन्। तिनको मूल्य ४० हजारदेखि २ लाख ५० हजारसम्म पर्ने गर्छ। बजारमा हाल सामसुङ, सिजी, एलजी, हाइसेन्स, टेस्ला, आएइफबी, लगायतका कम्पनीका एसीहरु पाइन्छन्।

तर एसी किन्दा त्यसको बारेमा जानकारी नै नभई किन्दा कहिलेकाही समस्या पनि आउन सक्छ। त्यसैले एसी किन्नुअघि निम्न कुराहरुमा विचार पु¥याउन सम्वन्धित व्यसायीहरु आग्रह गर्छन्।

साइज वा क्षमता:

नयाँ एसी किन्दा सबैभन्दा ध्यान दिनुपर्ने त्यसको साइज हो। कोठा वा हलको साइज अनुसार एसी छान्नुपर्छ। तर यहाँ साइज भन्नाले ठूलो वा सानो भन्ने होइन की त्यसको क्षमता भन्ने बुझ्नुपर्छ।

ठूलो हलमा थोरै क्षमताको एसी राख्दा केही समयपछि त्यसले काम गर्न छोड्छ तर विद्युत भने खपत भइरहन्छ। त्यसैले सानो कोठाका लागि हो भने कम साइजको एसी किन्नुपर्दछ भने ठूलो साइजका कोठा या हल हो भने मध्यम वा ठूलो साइजका एसी किन्नुपर्दछ।

एसीको क्षमता कोठाको वर्ग फुटका आधारमा तय गर्दा सजिलो हुन्छ । यदि कोठा ९० वर्गफुटको भए त्यहाँ ०.८ टनको एसी ठीक हुन्छ। त्यस्तै ९० देखि १२० वर्गफुटसम्मका लागि १.० टन, १२० देखि १८० वर्गफुटसम्मका लागि १.५ टन र १८० वर्गफुट भन्दा बढीका लागि २.० टनको एसी ठीक मानिन्छ।

विद्युत् खपतः

एसी किन्दा त्यसमा अंकित तारा (स्टार) लाई ध्यान दिनुपर्छ। यी ताराहरुले कति विद्युत् खपत हुन्छ भन्ने जनाउँछ। ४ वा ५ तारा भएको एसी किन्दा कम विद्युत् खपत हुन्छ। भने त्योभन्दा तलको तारामा केही बढी विद्युत खपत हुन्छ।

विन्डो, स्प्लिट वा पोर्टेबलः

पहिले बजारमा विन्डो एसी मात्र थियो तर हाल विकल्पमा स्प्लिट र पोर्टेबल पनि रहेका छन्। विन्डो एसी सस्तो छ तर यसको आवाज बढी आउँछ। सानो कोठाको लागि यो ठीक हुन्छ। स्प्लिट्मा भने बढी हावा सम्प्रेषण हुने हँुदा ठूलो कोठा तथा हलको लागि उपयोगी हुन्छ।

पोर्टेबल एसी सुविधा अनुसार कोठाको जुनसुकै स्थानमा राख्न सकिन्छ। खासगरी विभिन्न कार्यालयमा पोर्टेबल एसीको प्रयोग गर्ने गरिएको व्यापारीहरु बताउँछन्।

फिल्टर, एयर फ्लो, स्विंग

कुनै पनि एसीमा राम्रो फिल्टर हुनु जरूरी छ। किनकि फिल्टर राम्रो हुँदा सास फेर्न पनि सजिलो हुन्छ। जुन कोठामा एसी छ, त्यहाँ भेन्टिलेसन बन्द गरिइनुपर्दछ। त्यसकारण कोठा बन्द भइसकेपछि श्वासप्रश्वास सहज बनाउनका लागि फिल्टर धेरै जरूरी हुन्छ।

त्यस्तै एयर फ्लोले कोठा कति समयमा चिसो गराउने भन्ने बताउँछ। एसीमा कुलिङ स्पीड तय गर्ने सुविधा हुनु जरुरी हुन्छ। एसीमा स्विंग फिचर हुन जरूरी मानिन्छ।

टाइमर र सेन्सरः

टाइमर र सेन्सर भएको एसी किन्नु राम्रो हुन्छ । टाइमरमार्फत एसीलाई निश्चित समयमा खोल्न र बन्द गर्न सकिन्छ। यसको फाइदा भनेको बिजुलीको खपत रोक्नु हो। सेन्सरको काम कोठाको तापक्रम निश्चित गर्नु हो। साथै यसले मानिसमा केन्द्रित भएर हावा दिन्छ।

भोल्टेज स्ट्याबलाइजरः

एसिसंग भोल्टेज स्ट्याबलाइजर हुनुपर्छ । यसका लागि प्रयोगकर्ताले जति टनको एसी किनेको हो त्यति नै पावरको भोल्टेज स्ट्याबलाइजर लिनुपर्छ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…