प्रचण्डको बानी नै सानो कुरालाई बढाई-चढाई उत्तेजना फैलाउने स्वभाव छ : बाबुराम भट्टराई

काठमाडौं- समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जुनयुद्ध दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्ति आंशिक सत्य भएको बताएका छन्।

शुक्रबार संसद भवन बाहिर पत्रकारहरुसँगको कुराकानीमा डा. भट्टराईले तत्कालिन राजा ज्ञानेन्द्रले शाहले २०६२ माघमा घोषणा गरेको नगरपालिका निर्वाचन विथो’ल्नका स्व. गिरिजाप्रसाद कोइरालाले आग्रह गरेको खुलासा गरे।

१२ बुंदे समझदारीमा नै कांग्रेस लगायतका सात दलले शान्तिपूर्ण आ’न्दोलन गर्ने र तत्कालिन माओवादी फौजि ढंगले अघि बढ्ने सहमति भएको उनले बताए।

उनले भने ‘उहाँ (प्रचण्ड) को बानी नै सानो कुरालाई पनि बढाई चढाई गरी प्रस्तुत गर्ने छ। उत्तेजना फैलाउने स्वभाव छ। १२ बुँदे समझदारीको ड्राफ्ट गर्ने म नै हुँ। मलाई याद छ। उहाँहरुले शान्तिपूर्ण ढंगले र हामीले फौजी ढंगले प्र’हार गर्ने सहमति भएको थियो। पुसको अन्तिमतिर आन्दोलन राम्रोसँग हुन सकेन।

हामीले यु’द्धविराम भंग गरेर जाने निर्णय गर्दा उहाँ (गिरिजा) ले ठो क्नु पर्‍यो भनेर चाँही भन्नुभएको हो। लौन कार’वाही अगाडि बढाउनुपर्‍यो उहाँले भनेको हो म पनि साँक्षी थिए। एक दुई पटक भनेको कुरालाई यु’द्धभरी भनेजस्तो गरी प्रस्तुत गर्नुभएन। नगरपालिका निर्वाचन विथोल्न अलिअलि फौजी कारवाही बढाउनुपर्‍यो भन्नुभएको हो।’

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्कालिन सभापति गिरिजाप्रसा कोइराला ज्युँदै हुँदा नभनेको कुरामा केही भन्न नसकिने बताए। ‘खोईगिरिजा प्रसाद कोइराला जिउँदै हुँदा उहाँ (प्रचण्ड) ले केही बोल्नुभएन्। वितिसकेको व्यक्तिको बारेमा बोलेर हामी कसरी कमेन्ट गर्ने ?’ उनले भने।

नेकपा अध्यक्ष दाहालले बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा जनयुद्धका बेला तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग फोनमा कुराकानी भएको फैजी कार’वाही बढाउन आग्रह गरेको बताएका थिए।

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…