ऋचा शर्माले कण्ड’मलाई टोपी होइन, कण्ड’मनै भन्नुस भनेपछि हिमेश पन्त परे ‘ट्वाँ’

नायिका ऋचा शर्मा अहिले टिभी रियालिटी शोमा जज छिन् । नेपालकै पहिलो कमेडी रियालिटी शोमा सन्तोष पन्त, प्रदीप भट्टराई, मनोज गजुरेलसँगै ऋचाको जज प्यानल छ ।

कमेडी च्याम्पियनले लोकप्रियता हासिल गर्नुको प्रमुख कारण त यसका प्रतिस्पर्धीहरुको स्तर नै हो । अर्को सहायक कारण चाहिँ जजहरु पनि हुन् । चारै जना जजहरुको सटिक मूल्याङ्कन गर्ने क्षमता छ तर शैली आ–आफ्नै छ । अन्य रियालिटी शोमा जस्तो जजहरुमाथि यसमा प्रश्न उठेको छैन ।

सुरुमा ऋचालाई जजको स्थानमा देख्दा कतिपयले प्रश्न उठाएका थिए, के आधारमा उनी कमेडी शोको जज ? तर, ऋचाले आफूमा स्ट्यान्ड अप कमेडीको मूल्याङ्कन र विश्लेषण गर्ने क्षमता रहेको प्रमाणित गरिसकेकी छन् । कहिलेकाहीँ सामान्य गल्तीहरु त भइ नै हाल्छन् ।

यहाँ प्रसंग चाहिँ गत हप्ताको एपिसोडको हो, जहाँ एक प्रतियोगीको प्रस्तुतिमाथि मत जाहेर गर्ने क्रममा ऋचाले भनिन्, ‘क ण्ड मलाई टोपी होइन, क ण्ड मनै भन्नुस् ।’

उक्त प्रस्तुति थियो हिमेश पन्तको । केही साताअघि ‘सीता मातालाई र’क्सी खुवाउनुपर्ने’ संवाद बोलेर वि-वादमा आएपछि हिमेशको आत्मविश्वास डग्मगाएको छ । पछिल्ला दुई एपिसोडमा उनको कमेडी त्यति सन्तोषजनक छैन ।

गत हप्ताको एपिसोडमा आफ्नो बाल्यकालको एउटा स्मरणलाई कमेडीमा ढालेर पेश गरेका थिए, तर खासै जम्न सकेन । त्यही क्रममा क ण्ड मको प्रसंग निकालेका थिए । तर, उनले क ण्डम नभनि सांकेतिकरुपमा ‘टोपी’ भने । यो कुरा ऋचालाई चित्त बुझेनछ । उनले हिमेशको प्रस्तुतिको चर्चा गर्ने क्रमममा सोधिन्, ‘तपाईंले किन क’ण्डमलाई टोपी भन्नुभयो ?’

हिमेशले उत्तर दियो, ‘मलाई सँधै कमेडीमा छाडा शब्द बोल्यो भनेर आ’रोप लाग्छ, त्यसैले…’

अनि ऋचाले सम्झाउँदै भनिन्, ‘अहँ, यो ठिक भएन । क ण्ड मलाई टोपी होइन, क ण्ड म नै भन्नुस, यही राम्रो सुनिन्छ ।’

हिमेश ट्वाँ परे । सायद सोचिरहेका थिए, बो ल्ड शब्द प्रयोग गर्दा पनि आलोचना हुन्छ, घुमाएर भन्दा पनि सुख छैन ।

कमेडी च्याम्पियनमा सुरु–सुरुमा प्रतियोगीहरुले ‘बोल्ड’ शब्दहरु खुबै प्रयोग गर्थे । तर, पारिवारिक शोमा छाडापन भित्र्याएको भनेर आलोचना भएपछि अहिले यस्तो क्रम निकै कम भएको छ ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…