दु:खद खबर : कोरोना नियन्त्रणमा खटिएका ६ जना चिकित्सकको मृ’त्यु, अन्य १७ सय संक्रमित

२ फागुन, काठमाडौं । चीनमा कोरोना भाइरसको नियन्त्रण र रोकथामका निम्ति खटिएका ६ जना चिकित्सकको मृ’त्यु भएको खुलेको छ । त्यसैगरी १ हजार ७ सय जनाभन्दा बढी स्वास्थ्यकर्मी उक्त भाइरसबाट सङ्क्रमित भएका छन् ।

वुहानमा कार्यरत १ हजार १ सय २ जना र हुवे प्रान्तका अन्य भागमा ४ सय स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् ।

गत बिहीबार मात्रै थप १२० जनाको मृ’त्यु भएको थियो । यससँगै सो भाइरसका कारण मृ’त्यु हुने व्यक्तिको सङ्ख्या करिब १४ सय पुगेको छ।

तर पछिल्लो दिनहरुमा चीनमा कोरोना भाइरसबाट संक्रमित हुने सङ्ख्याको दर भने कम हुँदै गइरहेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार संक्रमितहरूको सङ्ख्या ६३ हजार नौ सय २२ पुगेको छ।

यता चीनबाट नेपालीलाई ल्याउने र राख्नेबारे पूर्वाभ्यास जारी 

सरकारले कोरोना भाइरसबाट प्रभावित चीनको वुहानबाट ल्याइने नेपालीलाई त्रिभुवन विमानस्थलदेखि खरिपाटीसम्म सुरक्षित रुपमा कसरी पुर्‍याउने भन्ने बारेमा शुक्रबार पूर्वाभ्यास गरेको छ ।

चीनबाट ल्याउने नेपाली विद्यार्थीलाई खरिपाटीमा रहेको विद्युत् प्राधिकरणको चारवटा भवनमा बनाइएको क्वारेन्टाइनसम्म कसरी पुर्‍याउने भन्नेबारे प्राविधिकसहितको टोलीले विमानस्थलदेखि खरिपाटीमा रहेकाे क्वारेन्टाइनसम्म पूर्वाभ्यास गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नाराणप्रसाद विडारीलगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, एम्बुलेन्स, प्राविधिक टोलीसहित टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि भक्तपुरको खरिपाटीसम्म लैजाने ‘रिहर्सल’ गरिएको हो ।

चीनबाट ल्याउने नेपालीलाई राख्ने क्वारेन्टाइन निर्माणको सम्पूर्ण तयारी शुक्रबार बेलुकीसम्ममा सक्ने सचिव विडारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘शुक्रबार बेलुकीसम्म क्वारेनटाइन निर्माण सम्पन्न गरिन्छ, चीनबाट खरिपाटीमा ल्याउने १८५ विद्यार्थीमध्ये ४४ महिलालाई एउटा ब्लकमा तथा पुरुषलाई दुईवटा भवनको ब्लकमा र श्रीमान्, श्रीमती भएकालाई छुट्टै राखिने गरी व्यवस्थापन गरिएको छ, चिकित्सकको टोली अर्को ब्लकमा राखिने छ, विमान चालक, सहचालक र परिचारिकालाई चाँगुनारायण नगरपालिका–६ नगरकोटको खानेपानी तालीम केन्द्रको भवनमा बनाइएको ब्लकमा राख्ने व्यवस्था गरेका छौँ । ’

सचिव विडारीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै क्वारेन्टाइन बनाइएको बताउँदै एउटा कोठामा एक मिटरको दूरीमा रहने गरी तीनवटा श्यया राखिएको, कूल चारवटा ब्लकमा १९९ वटा श्यया तयार पारेको, एक व्यक्तिका लागि दैनिक जीवनमा चाहिने सम्पूर्ण सामग्रीको व्यवस्था गरिएको बताउनुभयो ।

यहाँ नेपाली सेनाको एक चिकित्सक र एक नर्सको टोलीले सुरक्षा कवचका रुपमा रहेको अन्तर्राष्ट्रिय मापदण्डकै गाउन लगाएर पूर्ण सुरक्षित रुपमा बस्ने, यहाँभित्र खानेपानी, शौचालय, खानेकुरा, नुहाउने सबै व्यवस्थापन गरी शौचालयको सेफ्टी ट्याङ्कीसमेत नयाँ बनाएर व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।

शनिबार दिउँसो ३ बजे नेपाल एयरलाइन्सको वाइडबडी जहाज नेपाली लिन चीनतर्फ जानेछ भने उक्त जहाज आइतबार राति नेपाल अवतरण हुनेछ ।

विमानस्थलमा ज्वरो आएको पाइएमा टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिने भएको छ भने सरकारले कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि सरकारी र निजी अस्पतालमा गरी १४७ वटा ‘आइसोलेशन वार्ड’ तयार पारेको छ ।

क्वारेन्टाइनमा १५ दिनसम्म राखिने र त्यस क्रममा रुघा, ज्वरो आएमा त्यहाँ राखिएको एम्बुलेन्समा राखेर बिरामीलाई टेकु अस्पतालको ‘आइसोलेशन वार्ड’मा राखेर उपचार गरिने व्यवस्था गरिएको छ । कोरोना भाइरसको परीक्षण गर्ने एकमात्र मेशिन टेकु अस्पतालसँग मात्र भएको र अन्तिम परीक्षणका लागि हङ्कङमै पठाएर हो वा होइन भन्ने प्रतिवेदन आउनेछ ।

सञ्चारकर्मीलाई तस्बिर लिन रोक

भक्तपुरको खरिपाटीमा भएको ‘रिहर्सल’ को तस्बिर र भिडियो लिन गएका सञ्चारकर्मीलाई सुरक्षाकर्मीले रोक लगाउनुका साथै अभद्र व्यवहार गरेका छन् ।

सञ्चारकर्मीलाई प्राधिकरणको मूलद्वारबाटै रोक लगाउनुका साथै सञ्चारकर्मीलाई सुरक्षाकर्मीले हातपातको प्रयास गरेपछि प्रहरी र सञ्चारकर्मीबीच निकैबेर घम्साघम्सी चलेको थियो । सञ्चारकर्मीले विरोध गरेपछि क्वारेन्टाइन स्थल अगाडिसम्म प्रवेश गरे पनि क्वारेन्टाइनको तस्बिर लिन भने रोक लगाइएको थियो।

सञ्चारकर्मीले सरकारको तयारीबारे जानकारी दिन पनि तस्बिर र भिडियो आवश्यक छ भनेर माग गर्दा पनि रोक लगाइएको थियो । सञ्चारकर्मीलाई रोक लगाएको र प्रवेशमा निषेध गर्दै अभद्र व्यवहार गर्नु उचित नरहेको नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सञ्चारकर्मीले लोकतन्त्रको प्रत्याभूति कहिले गर्ने ? जनताले कस्तो ठाउँमा चीनबाट ल्याइएकालाई राखिँदैछ भन्ने जानकारी दिनुको सट्टा उल्टै लुकाउने काम भएको छ, यसले सरकारको तयारीबारे शङ्का जन्माएको छ ।’

सुरक्षाकर्मीले सञ्चारकर्मीमाथि गरेको अभद्र व्यवहारको सञ्चारकर्मीले विरोध गरेका थिए ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…