यसरी लाज छोप्दै भारत : ट्रम्प हिड्ने बाटोमा सुकुम्बासी बस्ती नदेखियोस् भनेर रातारात पर्खाल

नयाँदिल्ली — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यसै महिना हुने भारत भ्रमणमा सुकुम्बासी बस्ती नदेखियोस् भनेर अहमदाबादमा धमाधम पर्खाल लगाइँदै छ ।

ट्रम्प दुईदिने भ्रमणका लागि फेब्रुअरी २४ मा भारत आउँदै छन् । ह्युस्टनमा गत सेप्टेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘हाउडी मोदी’ भन्दै स्वागत गरेका ट्रम्पको स्वागतमा अहमदाबाद रंगशालामा ‘केम छो ट्रम्प (हाउ आर यु, ट्रम्प) कार्यक्रम हुने तय गरिएको छ ।

कार्यक्रममा सहभागी हुन ट्रम्प हिँड्ने सडकखण्डमा पर्ने सुकुम्बासी बस्ती छोप्न पर्खाल लगाउन थालिएको हो । मंगलबार ह्वाइटहाउसमा नरेन्द्र मोदीको भनाइ उद्धृत गर्दै ट्रम्पले कार्यक्रममा हजारौं मानिस सहभागी हुने बताइसकेका छन् ।

पर्खालले आफ्ना घर छेकिने भएपछि सुकुम्बासी बस्तीमा बसोबास गर्नेले गरिबी छोप्न सरकारले करदाताको पैसा सखाप पारिरहेको आरोप लगाएका छन् ।

अहमदाबाद प्रधानमन्त्री मोदीको गृहनगर गुजरातको ठूलो सहर हो । ‘अहमदाबाद विमानस्थलबाट कार्यक्रमस्थल जाँदा ट्रम्पले सुकुम्बासी बस्ती नदेखूँन् भन्ने सरकार चाहन्छ,’ पर्खाल निर्माण गरिरहेका ठेकेदारले समाचार संस्था रोयटर्ससँग भने, ‘चाँडोभन्दा चाँडो पर्खाल निर्माण गर्न भनिएको छ । त्यसैले रातदिन गरेर १५० जना कामदार काममा लगाइएको छ ।

लाज छोप्न पर्खाल लगाइएको भन्दै सामाजिक सञ्जाललगायतमा सरकारी कदमको चौतर्फी आलोचनासमेत भएको छ । सरकारका वरिष्ठ अधिकारीले भने सुकुम्बासी क्षेत्रलाई छोप्न नभई सुरक्षाका कारणले पर्खाल लगाउन थालिएको जिकिर गरेका छन् ।

उच्चस्तरीय विदेशी पाहुना आउँदा सहरलाई ‘सुन्दर र सफा’ देखाउने अभियानको एक हिस्साअन्तर्गत पर्खाल निर्माण गरिएको उनीहरूले स्विकारेका छन् । जेजस्तो कारण दाबी गरिए पनि ४०० मिटर लम्बाइ र सात फिट उचाइको पर्खालले अनुमानित ८०० परिवार रहेको बस्तीलाई ट्रम्पको नजरबाट लुकाउनेछ ।

दुई देशबीच व्यापारसम्बन्धी केही खटपट चलिरहेकै बेला ट्रम्प भारत आउन लागेका हुन् । राष्ट्रपतीय निर्वाचनको अभियानमा रहेका ट्रम्पले भारत भ्रमण गरेर अमेरिका बस्ने भारतीय मूलका अमेरिकी नागरिकको सहानुभूति प्राप्त गर्न खोजेको हुनसक्ने राजनीतिक विश्लेषक बताउँछन् ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…