प्रचण्डको अभिव्यक्तिप्रति कांग्रेस भन्यो, ‘गिरिजा जीवित छँदा कहाँ गएका थियौ’

काठमाडौँ — प्रचण्डले गिरिजाप्रसाद कोइलाउपर दिएको अभियक्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। तत्कालीन नेकपा (माओवादी)ले सञ्‍चालन गरेको ‘जनयुद्ध’ दिवसको अवसरमा बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्‍जलीसभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएकाे हो  ।

माओवादी नेतृत्वको स शस्त्र वि द्रोहलाईशान्तिपूर्ण अवतरण गराउन निर्णायक पहल गर्ने गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भूमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक र आपत्तिजनक रहेकाे भन्दै कांग्रेसद्वारा जारी विज्ञप्तीमा भनिएकाे छ।

`फौजी आ क्र मण अलि बढाइदिनुपर्‍यो र सदरमुकाम हा न्‍नुपर्‍यो´भनेर कोइरालाले दाहाललाई यदि साँच्चै भन्नुभएको हुँदो हो त त्यो संवादको कुरा कोइराला जीवित छँदै दहालले सार्वजनिक गर्नुहुन्थ्यो। तर उहाँको निधन भएकोवर्षाैंपछि ऎतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैर जिम्मेवार अभिव्यक्ति आउनु दु:खद छ।’ विज्ञप्तीमा प्रवक्ताविश्वप्रकाश शर्मालेभनेकाछन्।

‘सहमति,सहकार्य र एकताको राजनीति अघि सारेकाकोइरालालेहिंसाको राजनीतिलाई सुरक्षित अवतरण गराउन हिं सात्मक आ क्र मणका लागि प्रेरित गरेकाे भन्नू आफैमा विरोधाभासपूर्ण छ।’,विज्ञप्तीमा भनिएकाे छ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…