प्रचण्डको खुलासा : गिरिजाप्रसादले नै ठूल्ठूला आ’क्रमण गर्न भन्‍नुहुन्थ्यो, हामी विच दिनदिनै कुरा हुन्थ्यो

काठमाडौँ — नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ‘जनयुद्ध’ का बेला कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ठूल्ठूला आ क्र म ण गर्न सुझाएको खुलासा गरेका छन् । तत्कालीन नेकपा (माओवादी)ले सञ्‍चालन गरेको ‘जनयुद्ध’ दिवसको अवसरमा बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्‍जलीसभामा दाहालले जनआन्दोलन र जनयुद्ध सँगै चलेको समयमा पूर्वप्रधानमन्‍त्री एवं कांग्रेस सभापति कोइरालाले आ’क्रम’णलाई मजबुत बनाउन भनेको कुरा स्मरण गराएका हुन् ।

‘नेपाली कांग्रेसका तत्कालीन नेता दि’वंगत गिरिजाप्रसाद कोइराला र मेरो बीचमा दिनदिनै जस्तो कुरा हुन्थ्यो र उहाँले ठूल्ठूला आ’क्र’म’ण बढाउनु पर्‍यो भन्‍नुहुन्‍थ्यो मलाई। फौजी आ’क्र’मण अलि बढाइदिनुपर्‍यो,’ उनले सम्झे, ‘सदरमुकाम हा’न्‍नु’पर्‍यो भन्‍नुहुन्‍थ्यो, यो बडो विचित्रको कुरा हुन्थ्यो।’ अध्यक्ष दाहालले दलहरुबीचको विचित्रको संयोगले राजतन्त्र अवसान गर्ने वातावरण बनेको र देश संघीय गणतन्त्रमा आउन सफल भएको बताए।

अध्यक्ष दाहालले तत्कालीन एमाले र माओवादीबीच संविधान निर्माणतर्फ जाने भन्‍ने सहमतिकै जगमा कांग्रेससँग पनि मिल्न पुगेको बताए। देशमा एकातिर जनयुद्ध र अर्कोतिर शान्तिपूर्ण जनआन्दोलन तत्कालीन ७ राजनीतिक दल र तत्कालीन नेकपा (माओवादी)को समझदारीमा भएको दाहालको भनाइ थियो। दलहरुबीच फरक किसिमबाट बनेको एकताले देशमा संविधान निर्माण र संघीयता आएको उनले बताए।

तत्कालीन नेकपा (माओवादी)ले विसं २०५२ फागुन १ गते गणतन्त्र स्थापनाको लक्ष्यसहित जनयुुद्धको आरम्भ गरेको थियो । विश्व कम्युनिष्ट आन्दोलनका उपलब्धि र क्षतिका अनुभवबारे चर्चा गर्दै उनले क्रान्ति कुनै आयात या निर्यात गर्ने विषय नभएकाले यसलाई हरेक देशको ऐतिहासिक आवश्यकता र मौलिकताका आधारमा हेर्न आग्रह गरे ।

त्यस्तै नेकपाका उपाध्यक्ष वामदेव गौतमले जनयुद्ध जनताको मुक्ति र समृद्धिका लागि भएको बताएका छन्। उपाध्यक्ष गौतमले नेपालको जनयुद्धमा भएको बलिदान जति विश्‍वमै कहीं नभएको बताए।

गल्ती कमजोरी नगरी कोही पनि अगाडि बढ्न नसक्‍ने भन्दै पार्टीभित्र देखिएका अन्तरविरोधहरु छिट्टै हल हुने पनि उनले बताए।जनयुद्धका क्रममा तत्कालीन एमालेले पनि ठूलो क्षति बेहोर्नुपरेको गौतमले बताए। ‘जनयुद्धको क्रममा ३ सयभन्दा बढी एमाले कार्यकर्ताले रगत बगाएका छन्। जे नहुनुपर्ने थियो, त्यो भयो,’ गौतमले भने।

कार्यक्रममा शहीदहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको थियो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच गत २०७५ जेठ ३ गते एकता भएपछि हरेक फागुन १ लाई ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा बिहीबार आयोजित श्रद्धाञ्जलिसभा’ का रुपमा मनाउन थालिएको छ । कार्यक्रममा नेकपा उपाध्यक्ष गौतम, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्‍त्री प्रदीप ज्ञवाली, नेताहरु अमृत बोहरा, युवराज ज्ञवाली, पम्फा भुसाल लगायत नेताहरु तथा कार्यकर्ताहरुको उपस्थिति थियो। कान्तिपुरबाट

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…