यो हो बुगाटी कम्पनिले बनाएको विश्वकै महँगो कार, जसको मूल्य रु २२० करोड भन्दा माथी छ

फ्रेन्च अटोमोबाइल कम्पनी बुगाटीले विश्वकै सबैभन्दा महँगो कार निर्माण गरेको छ। कारकोे मूल्य १९ मिलियन डलर कम्पनिले तोकेको छ । गतवर्षको जेनेवा अटो शोमा यसलाई सबै भन्दा महँगो कार घोषणा गरिएको हो । बुगाटी कम्पनिले बनाएको नयाँ मोडलको गाडीको नाम बुगाटी ला वुइचार नोयर राखेका छन् । सो कारलाई बुगाटीले बनाएको पुरानो मोडल चिरोनको रुपान्तरित मोडल भनिएको छ ।

यो भन्दा पहिले रोल्स रोयसको स्वीप्टेल भन्ने कारलाई विश्वको सबै भन्दा महँगो कारको उपाधि दिएको थियो भने यो वर्ष बुगाटी कम्पनिले उक्त उपाधि हात पारेको छ । बुगाटी कम्पनिले आफ्नो ११० औँ वर्ष गाठको उपलक्ष्यमा सार्वजनिक गरेको हो । निकै राम्रो मोडलहरु बनाउने यो कम्पनीको मोडल भने फ्रान्समा निर्माण गरिन्छ । यो मुल्य विश्वकै सबै भन्दा महँगो मुल्य रहेको जनाइएको छ । यो कारलाई किन्ने व्यक्ति अझै सार्वजनिक भएका छैनन् ।

फोक्सवैगन समूहका मालिक फर्डिनान्ड पिच र क्रिस्टियानो रोनाल्डोले उक्त कार किनेको अनुमान गरिएको छ । तर पुष्टि भने भएको छैन । फ्रेन्च भाषामा ला वुएरेट नोयरू भनेको कालो रङ्गको कारलाई भनिन्छ । क्वाड–टर्बोचार्ज्ड ८.० लिटर सँगै १६ सिलिन्डर इञ्जिन रहेको यो कारमा १,५०० अश्वशक्ति रहेको छ । यसले ३ सेकेन्डमा ०–१०० किलोमिटरको यात्रा तय गर्छ ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…