अर्बौ रुपैया भ्रष्टाचार गरेको आरोपमा पूर्व प्रधानसेनापति क्षेत्रीमाथि संसदीय समितिले छानविन गर्ने

१ फागुन, काठमाडौं । नेपाली सेनाका पूर्व प्रधान सेनापति राजेन्द्र क्षेत्रीले आफ्नो कार्यकालमा अर्बौ रुपैयाको भ्रष्टाचार गरेको उजुरीमाथि सुनुवाई गर्दै संसदको एक समितिले छानविन गर्नुपर्ने राय दिएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको कार्यदलले उजुरीमाथि छानविन गर्ने क्रममा फास्ट ट्र्याकसहित बिभिन्न ठेक्का पट्टा र खरिद निर्णयमाथि छानविन गर्न सुझाव दिएको हो ।

नेकपाका सांसद रेखा शर्मा,नवराज सिलवाल र कांग्रेस सांसद दिलेन्द्र बडू सदस्य रहेको कार्यदलले बिहीबार समिति समक्ष आफ्नो प्रतिवेदन राय सहित बुझाएको हो ।

सेनाको मुख्यालय पुनःनिर्माणको क्रममा भ्रष्टाचार भएको भन्दै राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको थियो ।

यीलगायतका समितिमा प्राप्त उजुरीहरुबारे अध्ययन गरी सुझाव दिन गठित कार्यदलले सेनाको मुख्यालय पुनर्निर्माणमा भएको भनिएको भ्रष्टाचारबारे छानविन गरी कानुनअनुसार कारबाही गर्नका लागि रक्षा मन्त्रालयलाई लेखी पठाउने सुझावसहितको प्रतिवेदन मूल समितिमा पेश गरेको छ ।

कार्यदलको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै सांसदहरुले सेनाभित्रको भ्रष्टाचारको विषयमा छिटो अध्ययन गर्न माग गरे ।

कार्यदल सदस्यसमेत रहेकी नेकपाकी सांसद सांसद रेखा शर्माले नेपाली सेनाको ‘विविध सेवा नियमावली’लाई लिएर समितिमा उजुरी परेको जानकारी दिएकी थिइन् ।

समिति सदस्य झपट रावलले उजुरीमा सुरक्षा निकायका अधिकारीले करोडौंको भ्रष्टाचार गरेको भन्ने रहेको बताए ।

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले नेपाली सेनाभित्रको भ्रष्टाचारका कारण नेपालको लोकतन्त्र खतारमा परेको टिप्पणी गरे ।

फास्ट ट्र्याक निर्माण, हेलिकप्टर खरिद जस्ता विषयमा सेनाभित्र भ्रष्टाचार भएको उनको दाबी छ ।

कार्यदलको प्रतिवेदनमा नेपाली सेनाको मुख्यालय पुनर्निर्माणको क्रममा ब्यापक भ्रष्टाचार भएको दाबी गर्दै छिटो भन्दा छिटो उच्चस्तरीय टोली गठन गरेर दोषीलाई कारबाहीको माग गरिएको छ ।

कार्यदल सदस्य एवं समिति सदस्य शर्माका अनुसार सेनाको मुख्यालय पुनःनिर्माणको क्रममा ब्यापक भ्रष्टाचार भएको दाबी गर्दै २१ भदौ २०७५ मा समितिमा उजुरी परेको थियो ।

समितिले आठ महिना अघि समितिमा प्राप्त उजुरीमाथि अध्ययन गर्न तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

भर्खरै प्रकाशित

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…