हरेक नेपालीले पढ्नैपर्ने इतिहास : ‘यसरी सुरु भएको थियो नेपालमा जनयुद्ध’

माओवादीले जनयुद्ध सुरुवात गर्दै छ भन्ने कुरा गोप्य थिएन । नेकपा (माओवादी) र यसको वैधानिक मञ्च संयुक्त जनमोर्चा तथा जनवर्गीय सङ्गठनहरूले संसद्मा, सडक आन्दोलनमा, साना–ठूला आमसभाहरूमा र आफ्ना पत्रपत्रिकाहरूमा राजतन्त्रसहितको संसदीय व्यवस्थालाई सशस्त्र सङ्घर्षको माध्यमबाट ध्वंश गरेर नयाँ जनवादी व्यवस्था स्थापना गर्नुपर्छ भनेर ०४७ सालमा नयाँ संविधान बनेदेखि नै भन्दै आएका थिए ।

२०५२ साल फागुन १ गते जनयुद्ध सुरुवात गर्नुभन्दा अगाडि पनि जनमोर्चा र विभिन्न जनवर्गीय सङ्गठनहरूका नामबाट देशैभरि साना–ठूला सयौँ आमसभा गरेर स शस्त्र सङ्घर्षको अनिवार्यताको विषयमा जनतामा व्यापक प्रचार गरिएको थियो ।

ती सभाहरूमा सरकारले जनताका समस्या समाधान गर्न पहल नगरे अब हतियारबन्द सङ्घर्ष गर्छौं भनेर वक्ताहरूले खुलमखुल्ला रूपमा भनेका थिए ।

तर, यस कुरालाई न त संसदीय दलहरूले पत्याए, न दरबारले नै । माओवादीको यस ध म्कीलाई तत्कालीन शाहीसेना, प्रहरी, प्रशासन तथा विदेशी खेलाडीले पनि पत्याएनन् ।

माओवादीले सशस्त्र सङ्घर्षको नीति खुलमखुल्ला रूपमा प्रचार गरे पनि सशस्त्र सङ्घर्ष कसरी, कुन मितिमा, कहाँबाट सुरु हुन्छ भन्नेजस्ता कुरा भने बिल्कुल गोप्य राखेको थियो । साथै यससँग सम्बन्धित तयारीका सबै विषय पूर्ण गोप्य राखेको थियो । लामो समयदेखिको सङ्घर्षबाट खारिएर बनेको पार्टी भएको हुनाले यस्तो फौजी प्रकृतिका गम्भीर काम र योजना पूर्ण रूपमा गोप्य राख्न माओवादी पार्टी सफल रह्यो ।

मुख्य कुरा सशस्त्र सङ्घर्ष कसरी सुरु गर्ने भन्ने दृष्टिकोण निर्माणको प्रश्न थियो जसको समाधान ०५१ पागुनमा सम्पन्न तेस्रो विस्तारित बैठकमा भएको थियो । त्यस बैठकमा पारित दस्तावेजमा भनिएको थियो, ‘सशस्त्र सङ्घर्ष गर्ने पार्टीमा कसरी रूपान्तरण गर्ने ? के त्यो बिस्तारै–बिस्तारै अध्ययन प्रशिक्षण सुधारवादी सङ्घर्ष र सानातिना प्रतिरोध सङ्घर्षकै बीचमा रूपान्तरण हुन्छ ?

कि त्यसका लागि कुनै छलाङको, पुरानोसँग सम्बन्धविच्छेदको, निर्णायक कदमको र कुनै ठूलो धक्काको आवश्यकता पर्छ ? के हाम्रो पार्टी सशस्त्र सङ्घर्षमा प्रवेश सहज ढङ्गले, यसको मूलभूत वर्गीय एवम् सङ्गठनात्मक संरचनामा कुनै खास क्षति नपु-याई जान सक्छ ?’

यसको जवाफमा भनिएको थियो, ‘एउटा प्रक्रियाबाट अर्को प्रक्रियामा रूपान्तरण विस्तार–विस्तार होइन, छलाङद्वारा, गुणात्मक परिवर्तनद्वारा हुने गर्दछ । ….छलाङ, गुणात्मक परिवर्तन र क्रान्ति भनेको क्रमिक विकास नभएर क्रमभङ्गको स्थिति हो । …विचारलाई व्यवहारमा रूपान्तरण गर्न सचेत पक्षबाट क्रमिक विकासको होइन, छलाङको योजना बनाउनुपर्छ भन्ने नै माक्र्सवादी द्वन्द्ववादको सार हो । …त्यसकारण विचार बनिसकेपछि सशस्त्र सङ्घर्ष नगरिरहेको हाम्रो पार्टीको सशस्त्र सङ्घर्ष गर्ने पार्टीमा रूपान्तरण धक्काको, छलाङको गुणात्मक परिवर्तनको प्रक्रियाबाट मात्र हुन सक्छ ।’ (दस्ताबेजहरू पृष्ठ ३३९)

यही माक्र्सवादी द्वन्द्वात्मक दृष्टिकोणको आधारमा जनयु द्ध सुरुवात गर्ने योजना पनि ‘ठूलो धक्का, गुणात्मक फड्को र महान् छलाङ’का रूपमा बन्यो । अर्थात् जनयुद्धको सुरुवात गर्ने योजना आमजनविद्रोहको स्वरूपमा बन्यो । यसमा पार्टीको समग्र पङ्क्ति मात्र होइन कि सबै समर्थक जनसमुदायसमेतलाई परिचालन गर्ने खालको योजना र सङ्घर्षका रूपहरू बन्यो ।

जसअनुसार सशस्त्र तथा निशस्त्र प्रचारात्मक कारबाहीहरू व्यापक रूपमा गर्ने योजना बन्यो । यसअन्तर्गत जनयुद्धको पक्षमा पर्चा, पोस्टर, वालिङ, कार्टुन प्रदर्शन, छापामार जुलुस, मशाल जुलुस, घरघरमा गएर गरिने प्रचार आदि रहे ।

जनयुद्धको दोस्रो स्वरूपमा सेबोटेज तथा सिज राखियो जसको अर्थ हो– योजनाबद्ध ढङ्गले सामन्त, जमिनदार, दलाल एवम् नोकरशाही पँुजीपति एवम् सरकारी स्वामित्वमा रहेका आर्थिक संयन्त्रहरू क ब्जा गर्ने या तो ड फो ड गरी क्षति पु-याउने, स्थानीय जाली–फटाहा र जासुसहरूका घर र सम्पत्ति क ब्जा गर्नु वा क्षतिग्रस्त पार्नु, सरकारी सञ्चार र यातायात अवरु द्ध पार्नु, विद्युत् लाइन टेलिफोन टावर क्षतिग्रस्त पार्नु आदि ।

जनयुद्धको तेस्रो स्वरूपमा छापामा र यु द्ध राखियो । यसअन्तर्गत प्रहरीविरुद्ध स शस्त्र ढङ्गले रेड र एम्बु स तथा विविध ढङ्गले आ क्र मण गर्ने कार बाहीहरू राखिए । तर, जनयुद्धको सुरुवातको बेलामा वर्ग–दुश्मनको सफाया (ह त्या) गर्ने कारबाही भने राखिएन । प्रहरीचौकी आ क्रमणको कार बाहीमा समेत पनि सकेसम्म प्रहरी न मार्ने वा नमरू न् भन्ने निर्देशन केन्द्रीय समितिको थियो ।

सकेसम्म आकस्मिक कारबाहीको तरिकाबाट प्रहरीलाई आ त्मसमर्प ण गराई हति या र क ब्जा गर्ने भन्ने निर्देशन थियो । पार्टीको तर्फ बाट पहिला ह त्या नहोस् भन्ने आशय यस नीतिको थियो ।

जनयुद्धको पहिलो योजनामा प्रचारात्मक कार बाही, सेबोटेज र सिज तथा छापा मार कार बाहीहरू सबै मिलाएर देशभरमा ६ देखि आठ हजार कार बाही गर्ने योजना केन्द्रीय समितिले बनायो । ०५२ साल फागुन १ गतेबाट जनयुद्ध सुरु भयो । एक महिनाको अवधिमा नै करिब ६ हजार यस्ता कार बाही सम्पन्न भए । (नेपाली क्रान्तिका समस्याहरू–प्रचण्ड, भाग २ पृष्ठ १४४) जनयुद्ध सुरुवातका दिन ६ वटा प्रमुख कारबाही सम्पन्न भए ।

यी ६ वटा कार बाही नेतृत्वकारी र निर्णायक खालका थिए । यी कार बाही निम्न थिए– रुकुमको आठबीसकोट गाविसको राडिज्यूलामा रहेको प्रहरीचौकी आ’क्रमण, रोल्पाको होलेरीमा रहेको प्रहरीचौकीमाथिको आ’क्रमण, सिन्धुलीको सिन्धुलीगढीस्थित प्रहरीचौकीमाथिको आ’क्रमण, गोरखाको च्याङ्लीस्थित कृषि विकास बैंकको साना किसान आयोजनाको कार्यालय सेबोटेज, काभ्रेको एक सुदखोर सामन्तबाट लाखौँका तमसुक तथा अन्न र सम्पत्ति (भाँडाकँुडा) क’ब्जा तथा काठमाडौंको पेप्सीकोला कारखानाको सेबोटेज पर्दछन् ।
रुकुम कारबाहीका कमिसार हेमन्तप्रकाश ओली (सुदर्शन) थिए र मुख्य कमान्डरमा गणेशमान पुन थिए ।

३९ जनाको यस छापामार टोलीमा रुकुम, जाजरकोट, डोल्पा र सल्यानका लडा’कु यो’द्धा थिए । यस टोलीलाई विभिन्न टिममा विभाजन गरिएको थियो । मुख्य एस’ल्ट टिमको कमान्डर दौलतविक्रम घर्ती थिए जो पछि श’हीद भए ।

यस टिमको जिम्मा चौकीको ढोका फोरेर भित्र पसी प्रहरीलाई आ’त्मस’मर्पण गराउने र भएका हति’यार र वि’स्फो’टक पदार्थ क’ब्जा गर्ने थियो । अर्को रिजर्भ टिम थियो जसको जिम्मा बाहिरबाट चौकीलाई घेर्ने र आवश्यक परेमा ए’सल्ट टिमलाई सहयोग गर्ने थियो । अर्को उपचार टिम थियो जसको जिम्मा साथीहरू घाइते भएमा उपचार गर्नु थियो । अर्को सिज टिम थियो जसको जिम्मा सामानहरू कब्जा गर्नु थियो । यसमा तीनजना महिला छापामार पनि थिए जसमध्ये कमला रोका पछि मन्त्री भइन् । यी ३९ जनामध्ये करिब आधाजसो पछि शहीद भए ।

चौकी आ’क्रमण सबैतिर राति नै गर्ने निर्णयअनुसार अघिल्लो दिन राति नै राडिज्युला चौकीभन्दा करिब चार–पाँच घन्टा टाढाको एक गाउँमा सबै छापामार टिम जम्मा भएर खाना खाई सबै सदस्यहरूलाई आ–आफ्नो जिम्मा सम्झाएर कमिसार सुदर्शनले बिदा गरे । गणेशमान पुनको नेतृत्वमा गएको यस टोली करिब मध्यरात राडिज्युला पुग्यो ।

यो सानो बजार भएको गाउँ हो र जाजरकोट र रुकुमको सिमानामा खोलाको छेउमा अवस्थित छ । पुलको छेउमै प्रहरीचौकी थियो । चौकीनजिक सबै टिम पुगेपछि पुलमा बनाइएको पर्खाल चढेर कमान्डर गणेशमान पुनले लौ अब आ’क्रमण गरौँ भन्दै आदेश दिए । दौलत घर्ती नेतृत्वको टिमले चौकीका ढोकाहरू बन्च’राले फो’ड्न थाले । अरू टिमले चौकी घे-यो । ढोका फो’डेर भित्र पसी छापामारहरूले प्रहरीहरूलाई आ’त्म’सम’र्पण गर्न भने । बिचरा प्रहरीहरू के भइरहेको छ भन्ने पनि थाहा नपाई हात उठाएर आ’त्म’समर्पण गर्दै रुन थाले ।

त्यसपछि दौलतले हामी जनयु’द्ध सुरुवात गर्न आएका हौँ भन्दै सम्झाए तथा छापामारहरूलाई सबै सामान कब्जा गर्न आदेश दिए । छापामारहरूले चौकीमा भएका बाटो बनाउन ल्याइएका वि’स्फो’टक पदार्थ जिलेटिन र पm्युज वायर तथा डिटो’ने’टरहरू सबै क’ब्जा गरे । प्रहरी सबैलाई बाँ’धेर चौकीभित्रै सुताएर छो’डे र बाहिर आई जन’युद्ध जिन्दा’वाद, नेकपा (माओवादी) जिन्दावाद, प्रतिक्रियावादी व्यवस्था मु’र्दावाद, नयाँ जनवादी व्यवस्था जिन्दावाद, मालेमा वाद जिन्दावाद आदि नाराहरू लगाए ।

प्रत्येक महिना सदरमुकाममा रिपोर्ट गर्न चौ’की इन्चा’र्ज आफ्नो एक हतियारसहित जाने कुरा छापामारहरूलाई थाहा भएन जसले गर्दा हतियार कब्जा भएन । कार बाही सफल भयो । साथीहरू हौसिए र बजारमा रहेको एक कपडा पसल पनि कब्जा गरेर कपडा सबै कब्जा गरे । बोक्न सक्ने जति बोकेर फर्के र नसकेको कपडा खोलामा फालेर सबै टोली पहिला नै निश्चित गरिएको गाउँमा पुग्यो । (क्रमश:)

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…