जनयुद्ध जारी राखेको भए श्रीलङ्का वा पेरुका विद्रोहजस्तै हामी पनि सिदिन्थ्यौं

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयु द्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणतर्फ मुलुक अघि बढेकाले अब जनयु द्धको नक्कल गरेर विद्रोह सम्भव नहुने बताएा छन्।

बिहीबार नेकपा केन्द्रीय कार्यालय धुम्रबाराहीमा ‘जनआन्दोलन र जनयु द्धका शहीदको स्मृतिमा आयोजित श्रद्धाञ्जलिसभा’मा अध्यक्ष प्रचण्डले जनयु द्ध र विद्रोह एक ऐतिहासिक तथा विशिष्ट परिस्थितिमा जनताको आवश्यकता र नेतृत्वको सही विचारका आधारमा हुने भएकाले अब जनयुद्धको नक्कल हुन नसक्ने बताएका हुन्।

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सङ्केत गर्दै उनले भने, ‘एकथरि साथीहरु फेरि विद्रोहतिर लाग्नुभएको छ, तर हामीले सबै परिस्थिति र विश्व अनुभवको समीक्षा गरेर शान्ति प्रक्रियामा आएर मौलिक तरिकाको जनवादी क्रान्तिमा सामेल भएका हौँ, जनयु द्धलाई निरन्तरता दिएको भए हामी पेरु वा श्रीलङ्काको विद्रोहजस्तै सकिने थियौँ, हामीले कम्युनिष्टहरुबीचको सहकार्यसहित बुर्जुवाको साथ लिएर गणतन्त्र स्थापना गरेका छौँ।’

तत्कालीन नेकपा (माओवादी)ले विसं २०५२ फागुन १ गते गणतन्त्र स्थापनाको लक्ष्यसहित जनयु द्धको आरम्भ गरेको थियो। विश्व कम्युनिष्ट आन्दोलनका उपलब्धि र क्षतिका अनुभवबारे चर्चा गर्दै उहाँले क्रान्ति कुनै आयात या निर्यात गर्ने विषय नभएकाले यसलाई हरेक देशको ऐतिहासिक आवश्यकता र मौलिकताका आधारमा हेर्न आग्रह गरे।

अध्यक्ष प्रचण्डले कम्युनिष्टहरु सत्तामा पुगेपछि विचलन हुने रोगबाट माथि उठेर जनताको मनोभावनालाई आत्मसात् गर्दै त्याग, समर्पण र बलिदानको भावनाका साथ शान्तिपूर्ण सङ्घर्ष, विकास र समृद्धिबाट वैज्ञानिक समाजवादको दिशामा अघि बढ्न नेता-कार्यकर्तालाई आग्रह गरे।

उनले सात राजनीति दलसँग १२ बुँदे सहमति हुनुअघि तत्कालीन नेकपा (एमाले)का नेता वामदेव गौतमलगायतसँग संविधानसभाका लागि सहमति भएको स्मरण गर्दै उनले शान्तिपूर्ण जनआन्दोलनमा रहेका नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले समेत राजतन्त्रविरुद्ध अझ फौजी आक्रमण बढाइदिन आफूलाई आग्रह गरेको स्मरण गरे।

तत्कालीन एमाले र माओवादी जनयु द्धका शुरुवाती वर्षमा तीखो सङ्घर्षमा रहे पनि पछिल्ला समयमा कम्युनिष्ट शक्तिबीचको सहकार्यलाई जोड दिने माओवादीको निर्णयकै पृष्ठभूमिमा हाल नेकपाको एकता भएको उल्लेख गर्दै उनले विसं २०२९ को झापा विद्रोह (सुखानीका शहीद) र जनयु द्धका शहीदसम्मलाई जोडेर नेतृत्वले सही विचार र सोचका साथ मुलुकलाई सही गन्तव्यमा पुर्‍याउने दृढता पनि व्यक्त गरे।

भर्खरै प्रकाशित

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…