लालीगुँरासमा शिक्षक विद्यार्थी सँँगसँँगै छमछमी

घोराही | दुई शिक्षिका नाच्नका लागि मञ्चमा उक्लिनुभयो । तालीको पर्रा छुट्यो । हुटिङको ध्वनि गुञ्जियो । लालीगुराँस आवासीय माध्यमिक विद्यालय घोराही–१८ को वातावरण निकै रोमाञ्चित भयो ।

शिक्षक सिकाउने हो । काम गर्ने होइन जस्तै वातावरण छ । बच्चाको नजरमा भद्र कहलिन आफ्नो कमजोर कला लुकाउँछन् । भनिन्छ, अह्राउन सजिलो छ गर्न कठिन हुन्छ । त्यसलाई गर्न पनि सजिलो हुन्छ भनेर शिक्षकहरु तिर्सना थापा र पूर्णिमा बुढा मगरको युगल नृत्यबाट देखाइदिनुभयो । उहॉहरु नाचिरहनु , ठूलो जनमास उहाँहरुसँगै रोमाञ्चित भएर मुस्कुराइरहेको थियो ।

साना–साना नानीहरु डेस्कमा उक्लिएर मेडमहरुको चालमा नाचिरहनुभएको थियो । अलि ठूला बच्चाहरु मेडमहरुसँगै हातको ताल मिलाउने कोसिस गरेको देखिन्थ्यो । अलि पर उभिएका युवाहरु झन् झुल्दै थिए । हात हातमा मोबाइलमा भिडियो कैद गर्नेहरुको संख्या त व्यापकै लाग्थ्यो । गत बिहीवार सम्पन्न १५ औं वार्षिकउत्सव उहाँहरुकै कारण भव्य बन्यो ।

छात्रा पूजा बुढाको एकल नृत्यसँगै अनेकौं प्रस्तुति थिए । अतिथिको बोल्ने पालो आउँदैनथ्यो । कसैलाई शुभकामना मन्तव्य दिनुस् सञ्चालकले भनिहाले पनि यही रमाइलो छ भनेर नाचतिरै इसारा गर्थे । सांस्कृतिक कार्यक्रममै चुर्लुम्मै डुबेकाहरु मञ्चमा भाषणका लागि उक्लिन सित्तिमित्ति तयार भएनन् । भाषण कम सुन्नुप¥यो, नृत्य धेरै हेरियो ।

इच्छाशक्ति विद्यार्थीको धेरै थियो । मञ्चमा एनाउन्स भयो नै नृत्य देखाउन टुप्लुक्क आइपुग्थे । उनीहरुलाई नृत्य देखाउन हतारो थियो । ठूलो समूहमा जान लाज र हिच्किचाहट थिएन । उनीहरु त्यो रहर उत्कृष्टताको परिणाम हो । जान्दैनथे भने देखाउन पनि लजाउँथे । सिकेका हुन्नथे भने देख्नेले के भन्लान् भन्ने डरले मञ्चसम्म ढिलै पुग्ने थिए ।

कत्ति नलजाई, नधकाई साना–साना नानी बाबुदेखि ठूलो कक्षाका विद्यार्थीले पनि नृत्य कौशलता देखाए । तिनको क्षमताले निकै लामो समय नाचपछि नाच हेर्नुपर्ने वातावरण बन्यो । अझ ड्रमसेट बजाउनेको छुट्टै कला र क्षमता थियो । दुईवटा हात र एउटा खुट्टाले बजाउँथे । सबै निकै सजिलोसँग चलाएका थिए । जिज्ञासु बच्चाहरु वरपर गर्दा खुट्टाले छुने प्रयास गर्न थाले । नयाँ विषय सिक्ने उत्सुकता रहेकैले धेरै विद्यार्थीले नाच प्रदर्शन गरे ।

युगल नृत्यमा १२ जनासम्म विद्यार्थी थिए । उनीहरुको चाल र ताल भने एउटैको जस्तो लाग्थ्यो ।

कलाकारहरु पनि खासै दोहोरिएनन् । थोरै कलाकार हुने, गीतअनुसार फेसन बदलेर आउने धेरै ठाउँमा देखिन्छ । नृत्य राम्रो देखिए पनि व्यक्ति उही दोहोरिदा खासै आकर्षक लाग्दैन । त्यहाँ त्यति धेरै दुःख कष्ट व्यहोर्नु परेन । विद्यालय सञ्चालक समितिका अध्यक्ष नरबहादुर बढाथोकीलगायत शेयर सदस्यहरुलाई सन्तुष्टि दिए । सबैलाई पकेट छाम्ने बनाए । आफ्नो इच्छा र जेबको अवस्था अनुसार विद्यार्थीहरुलाई पुरस्कार दिए ।

यो सब सफलताको जस भने नृत्य शिक्षक तिर्सना थापाको पोल्टामा प¥यो । उहाँको मेहनतको कमाइ नै सांस्कृतिक महोत्सव जस्तो वार्षिकोत्सव बनेको थियो । मञ्चका अतिथिहरु नृत्य शिक्षकको क्षमताको प्रशंसा गरिरहेका थिए । अध्यक्षलगायतको शेयर धनीहरुको टिमले प्रिन्सिपल गोपालप्रसाद भुसालसँग खुसुक्क सल्लाह गरेर सम्मान गर्ने कार्यक्रम बनायो । नृत्य शिक्षक थापाले सम्मान ग्रहण गरिरहँदा पनि उत्तिकै हर्षोल्लासका साथ ताली र हुटिङ थियो । उहाँप्रतिको माया र कलाप्रतिको आदर सत्कार थियो ।

यतिबेला एउटा मात्रै विधाको उत्कृष्टताले भने विद्यालयलाई पूर्णता दिँदैन । अब्बल दर्जामा उक्लिन चौतर्फी क्रियाकलाप जरुरी हुन्छ । नृत्यबाहेक अरु विधाहरु सार्वजनिक समारोहमा देखाउँदा विविधता दिन्छ । त्यही अनेकताले धेरै सीप र क्षमताको विकास गरेको पहिचान गराउँछ ।

नृत्य जस्तै अरु विषय र विधाका शिक्षक तथा प्रशिक्षकको भूमिका देखाउन सकेको भए अझ सुनमा सुगन्ध हुने थियो । आगामी वर्ष ध्यान दिनुपर्छ ।

नृत्य शिक्षक प्रफुल्ल भएर आफ्नो क्षमता देखाउनुभयो । शिक्षक विद्यार्थी छमछमी नाचे जसरी अरु विषयको मिलेरै काम गरेको देखाउन पनि अनिवार्य देखिन्छ ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…