सिन्धुपाल्चोकमा बिरामी भएका २५० जनाभन्दा धेरै व्यक्तिमा कोरोना जस्तो लक्ष्यण मात्रै

सिन्धुपाल्चोक – जुगल गाउँपालिका–३ मा स्वास्थ्य क्याम्प खडा गरी उपचार सुरु भएको छ ।

दुई सय ५० जनाभन्दा धेरै व्यक्तिमा कोरोना भाइरससँग मिल्ने जस्तै लक्षण देखा परेपछि जुगल गाउँपालिकाले गुम्दा सामुदायिक स्वास्थ्य इकाइमा क्याम्प नै खडा गरी स्वास्थ्य उपचार सुरु गरेको गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिनुभयो ।

अहिले पनि रुघाखोकी र ज्वरो आएकालाई औषधि र माक्स बाँड्ने क्रम चलिरहेको छ ।

कोरोना भाइरसको शङ्का भएकाले विज्ञ टोली पठाउन केन्द्रलाई पत्र पठाइएको तर जवाफ नआएको गाउँपालिका उपाध्यक्ष तामाङले उज्यालोलाई बताउनुभयो ।

अहिले क्याम्पमा विद्यार्थीसहित अभिभावक र स्थानीय बासिन्दा पुगेका छन् । प्रभावित क्षेत्रमा जिल्लाबाट स्वास्थ्यकर्मीसहितको टोली र गाउँपालिकाको स्वास्थ्यकर्मीको टोली पुगेको छ ।

कोरोना भाइरसकै सङ्क्रमण हो भन्ने पुष्टि भइ नसकेकोले नडराउन तर सचेत रहन डाक्टरले आग्रह गरेका छन् ।

गएको बिहीबारदेखि दुई सयभन्दा धेरै व्यक्ति कोरोनासँग मिल्दोजुल्दो रुघाखोकी र अत्यधिक ज्वरोका कारण थलिएका गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो ।

यस्तै मन्त्रालयले बुधबार यस बारेमा थप छलफल गरेर निर्णय गर्ने भएको छ । बिरामी भएका व्यक्तिलाई अरुसँग सम्पर्कमा नआउन र छुट्टै बस्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

जुगल गाउँपालिका अध्यक्ष श्रेष्ठले विषय विज्ञसँग नियमित संवादमा रहेकाले नआत्तिन पनि सबैसँग अनुरोध गर्नुभएको छ ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…