सिन्धुपाल्चोकको गुम्बागाउँमा १०० भन्दा बढीलाई रुघा र ज्वरो, कोरोनाको आशंका-

काठमाडौँ — सरकारले नोवल कोरोना भाइरसको संक्रमणबाट प्रभावित चीनको हुबेई प्रान्तमा रहेका नेपाली विद्यार्थीलाई फागुन ३ गते शनिबार फिर्ता ल्याउने भएको छ । मन्त्रिपरिषद्ले मंगलबार त्यहाँका नेपालीलाई फर्काउने निर्णय गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार विद्यार्थी फिर्ता ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी जहाज पठाइनेछ । हुबेइमा रहेका १८० नेपाली विद्यार्थीले घरफिर्तीका लागि बेइजिङस्थित नेपाली दूतावासमा अनलाइन आवेदनसमेत दिइसकेका छन् ।
फिर्ता ल्याउन ढिलाइ गरेको ती विद्यार्थीका अभिभावकले सरकारको विरोध गर्दै आएका छन् । उनीहरूलाई छिटो फर्काउन संघीय संसद्मा समेत सांसदले आवाज उठाउँदै आएका छन् ।

चीनबाट ल्याइने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रको भवनमा राखिनेछ । खरिपाटीका स्थानीयले भने घनाबस्ती रहेको स्थानमा चीनबाट फर्काइने नेपालीलाई नराख्न विरोध गर्दै आएका थिए तर स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, भक्तपुर तथा तीनवटै सुरक्षा निकाय र स्थानीयबीच मंगलबार भएको छलफलपछि खरिपाटीमा ‘आइसोलेसन सेन्टर’ राख्न दिने सहमति भएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले चीनबाट फर्काइने नेपालीबाट भाइरस वरपर नसर्ने सम्पूर्ण व्यवस्था मिलाइने प्रत्याभूति दिएपछि स्थानीय राजी भएका हुन् ।

चीनबाट फर्काइने नेपालीलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्वास्थ्य मन्त्रालयको सहकार्यमा प्राधिकरणको तालिम केन्द्रको होस्टलमा राखिनेछ । त्यहाँ २०० जनासम्मलाई आइसोलेसनमा राख्न भौतिक, चिकित्सकीय र सुरक्षालगायत तयारी भइसकेको मन्त्रालयले जनाएको छ ।

चीनबाट ल्याइनेहरूको चिकित्सकीय निगरानीका लागि मन्त्रालयले ८६ जना स्वास्थ्यकर्मीलाई विशेष तालिमसमेत दिइसकेको छ ।

आदेश कुर्दै निगम

चीनको हुबेई प्रान्तस्थित वुहान सहरमा रहेका १८० नेपाली विद्यार्थीलाई फिर्ता ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी विमानले सरकारको आदेश कुरेको एक साता बितेको छ । निगमले चीनको हुबेईमा जाने चालक दलसहितको टिम बनाइसकेको छ ।

‘हाम्रो तयारी सकिइसकेको छ, एक सातायता हरेक दिन बैठक भइरहेको छ । तर आदेश आएको छैन,’ निगमको अपरेसन विभागका निर्देशक क्याप्टेन दीपुराज जुहार्चनले भने ।

निगमबाट १४ जना वुहानको उडानमा सहभागी हुनेछन् । जसमा तीन जना पाइलट, सात जना क्याबिन क्रु, दुई जना इन्जिनियर, एक जना फ्लाइट डिस्प्याचर र एक जना लोडमास्टर छन् ।

बुधबार उनीहरूलाई स्वास्थ्यसम्बन्धी तालिम दिइँदै छ । उक्त उडानमा सरकारले चार जना स्वास्थ्यकर्मी खटाउने भनेको छ ।

नोवल कोरोना भाइरसबाट संक्रमण हुने जोखिम रहेको भन्दै चीनमा रहेका १८० जना नेपालीले घर आउने इच्छा देखाउँदै फारम भरेका छन् । निगमले तिनलाई मात्रै ल्याउने छ ।

निगमले उडान नम्बर निकालिसकेको छ । निगमले आफ्नो आन्तरिक तयारी सबै सकिएको जनाउँदै सरकारको आदेश उडानको कम्तीमा दुई दिनअघि आउनुपर्ने भनेको छ ।

काठमाडौंबाट उड्ने जहाज भारत, बंगलादेश र म्यानमार हुँदै चीन जाने भएकाले रुट र चीनभित्रको अनुमतिका लागि दुई दिन चाहिने भनिएको हो । निगमका इन्जिनियरले यस रुटमा वाइडबडी उड्दा आवश्यक पर्ने हवाई इन्धन, रुट, भारलगायतका पक्ष विश्लेषण गरी तयारी सकेको छ ।

यो चार्टर उडानको खर्च नेपाल सरकारले व्यहोर्ने छ । खाली जाने भएकाले वाइडबडी विमानमा नेपालबाटै भरेको इन्धनले पुग्नेछ । अपरेसन विभागले यो रुटमा जाँदा साढे चार घण्टा र फर्किंदा पाँच घण्टा समय लाग्ने जनाएको छ । नेपाली विद्यार्थीलाई जहाजमा राखिसकेपछि चालक दल र क्याबिन क्रुले उनीहरूसँग नजिकै पुगेर सम्पर्क गर्ने छैनन् ।

‘सबै यात्रु इकोनमी क्लासको सिटमा बस्नेछन् । बिजनेस श्रेणीमै बसिरहने क्याबिन क्रुले उनीहरूलाई सामान्य कमर्सियल उडानमा जस्तो सिटमै खाना, पानी वितरण गर्ने छैनन् । उनीहरूको खाना र पानी सिटमै राखिएको हुनेछ,’ क्याप्टेन जुहार्चनले भने, ‘अरू जानकारी माइकबाट दिइने छ । मास्क लगाएका स्वास्थ्यकर्मीले भने उनीहरूलाई निगरानी गरिरहनेछन् ।’

यो उडान भए निगमले उक्त वाइडबडी जहाजलाई कम्तीमा ४८ घण्टा उडाउने छैन । विश्व स्वास्थ्य संगठनको नियमअनुसार रोगका जीवाणु हुन सक्ने भएकाले तिनलाई निस्तेज गर्न जहाज कम्तीमा पनि ४८ घण्टा व्यावसायिक उडानमा जाने छैन । त्यस्तै निगमले चीन जाने चालक दलसहितको टोलीलाई एक सातासम्म बिदा दिने जनाएको छ । त्यो एक साता उनीहरू चिकित्सकको निगरानीमा घरमै रहनेछन् ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…