भ्रष्टचार गर्ने घोसेमुन्टो लगाउँदैन, भ्रष्टाचारबारे भ्रष्टाचारी नै चर्को बोलिरहेका छन् : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संवैधानिक निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न दिएको बताएका छन् ।
ललिता निवास जग्गा अनियमितता प्रकरणमा सरकारको आदेशमा अख्तियारले मुद्दा लगाएको भन्दै आलोचना भइरहेको बेला सरकारले अख्तियारलाई आदेश नदिएको बताएका हुन्। उनले संवैधानिक निकायलाई सरकारले हस्तक्षेप गर्ने कुरै नभएको पनि बताए।

मंगलबार हलचोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा अख्तियार अनुसन्धान दुरुपयोग आयोगद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकारले अख्तियारलाई आदेश दियो भनेर मान्छेमा भ्रम छर्ने कोसिस भएको छ। संवैधानिक निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न दिइएको छ।’

ओलीले आफू भ्रष्टचार पनि नगर्ने र भ्रष्टाचार गर्न पनि नदिने बताए। भ्रष्टाचार नभए देश बन्ने तर भ्रष्टाचार हुँदा मुलुकको आधा प्रतिफल भ्रष्टचारले खाने उनकोभनाइ थियो।

प्रधानमन्त्री ओलीलेसदाचारीभन्दा भ्रष्टाचारीले भ्रष्टाचारको बारेमा चर्को बोल्ने गरेको बताए। उनले भने, ‘भ्रष्टचार गर्ने घोसेमुन्टो लगाउँदैन। भ्रष्टाचारलाई पक्षधरता हैन, निष्पक्षताको विषय बनाउनुपर्छ।’

भर्खरै प्रकाशित

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…