एमसीसी पास भए नेपाल अफगानिस्तान, इराक र सिरिया जस्तै अमेरिकी परेडस्थल बन्छ : गजुरेल

काठमाडौं । देशभक्त गणतान्त्रिक मोर्चाले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली समक्ष मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयनमा ल्याउन नहुने भन्दै ज्ञापन पत्र बुझाएको छ । मंगलबार प्रधानमन्त्री कार्यालयमा मोर्चाको टोली पुगेर उक्त ज्ञापन पत्र बुझाएको हो ।

मोर्चाका संयोजक सिपी गजुरेलले ज्ञापन पत्र बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै आफुहरुले एमसीसी कार्यान्वयन गर्न नहुने र भारतले नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका स्थान कब्जा गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराएको बताए । उनले प्रधानमन्त्री ओलीले एमसीसी संसदबाट पास हुने र कार्यान्वयनमा ल्याउने तयारी भइरहेको जानकारी दिए ।

त्यस्तै, नेपालको लिम्पियाधुरा, कालापानी तथा लिपूलेक लगायतमा भारतले मिचेको भूमि फिर्ता गर्न सचिवस्तरबाट वार्ता गर्ने तयारी भइरहेको प्रधानमन्त्री ओलीले जानकारी दिएको संयोजक सिपी गजुरेलले बताए ।

संयोजक गजुरेलले एमसीसी कार्यान्वयनमा आए नेपालमा अमेरिकी सेनाको प्रवेश हुने र नेपाललाई अफगानिस्तान, इराक र सिरिया बनाउने सम्भावना रहेको बताए ।

उनले ५५ अर्ब पाउने लोभमा नेपालको स्वतन्त्रतामाथि आँच पुग्ने काम सरकारले गर्न लागेको बताए । त्यस्तै, उनले सरकारले नेपालको नयाँ नक्सा जारी गर्न नसकेको तथा आफ्नो जमिनमा अधिकार स्थापित गर्न सरकारले नै चासो नदेखाएको आरोप समेत लगाए ।

साना नौ दलले गरे एमसीसी पारित नगर्न माग 

सी पी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रीक मोर्चा, मोहन विक्रम सिंह महासचिव रहेको मसाल, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, सीपी मैनली नेतृत्वको माले, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, गोपाल किराती नेतृत्वको माओवादी केन्द्र, सुभाष काफ्ले नेतृत्वको जन समाजवादी पार्टी र साध्यबहादुर भण्डारी नेतृत्वको राष्ट्रिय जागरण परिषद पार्टीले एमसीसी पारित नगर्न माग गरेका हुन ।

सोमबार गजुरेलको अध्यक्षतामा बसेको बैठकले माघ २८ र २९ गते क्रमस प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर एमसीसी पारित नगर्न आग्रह गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले भारतद्वारा अतिक्रमित नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीमा आफ्नो स्वामित्व कायम गर्न आग्रह गर्ने निर्णय गरेको गजुरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यी माग पुरा गराउन दबाब दिन सबै फागुन ३ गते पार्टीका प्रदेश समितिहरु मिलेर संयुक्त रुपमा जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

फागुन ५ गते लगनखेलमा बृहद् जन संवाद कार्यक्रम सचालन गर्ने र फागुन ८ गते माइतीघरमण्डलाबाट ब्यानर र प्लेकार्डसहित जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर जनसभा गर्ने निर्णय बैठकले गरेको गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…