चीनमा कोरोना भाइरस एक्कासी फैलनुमा अमेरिकाको हात हुनसक्छ : विजुक्छे

काठमाडौँ — नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले चीनबाट एक्कासी कोरोना भाइरस फैलनु शंकास्पद भएको बताएका छन् ।

नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले चीनमा कोरोना भाइरस फैलनुमा अमेरिकाको हात हुन सक्‍ने आशंका व्यक्त गरेका हुन् । अमेरिकाले विभिन्‍न देशसँग जित्‍न नसकेपछि विभिन्‍न भाइरस र रोग फैलाउँदै विश्‍व राजनीति गर्दै आएको उनले स्मरण गराए ।

अध्यक्ष बिजुक्छेले चीनबाट फर्काउने विद्यार्थीलाई काठमाडौंमा राखे महामारी फैलिने सम्भावना बढ्ने भन्दै उपत्यका बाहिर राख्‍न सुझाव दिएका हुन् ।

उनले भने, ‘काठमाडौं उपत्यकाका चार ठाउँ र भक्तपुरका दुई ठाउँमा राख्‍ने भनेका छन्, काठमाडौंमा राख्‍नुहुन्‍न, महामारी फैलिने सम्भावना हुन्छ, बरु ती विद्यार्थीलाई उतै चीनमै उपचार गराएर निको पार्नुपर्छ ।’

उनले कोरोना भाइरस लागेका संक्रमितको उपचारका लागि नेपाल सरकारसँग राम्रो तयारी नभएको भन्‍दै चीनमा रहेका विद्यार्थीलाई नेपाल फर्काउनु बुद्धिमानी नहुने समेत उल्लेख गरे ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…