कोरोना भाइरसको प्रभानगरी बिरामीको अवस्था बुझ्न अस्पताल पुगे ‘राष्ट्रपति सी’

चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार कोइराना भाइरस प्रभावितलाई अस्पतालमा पुगेर भेटघाट गरेका छन् । उनी नीलो मास्क र सर्जिकल गाउन लगाएर बेइजिङस्थित डिटान अस्पतालमा भ्रमण गरेका हुन् ।

राष्ट्रपति सीलाई अस्पतालभित्र पस्नुअघि तापक्रमजाँचेरपठाइएको थियो।उनले मिडियासँग बोल्दै सरकारले कोरोना भाइरस नियन्त्रण तथा संक्रमण फैलिन नदिनका लागि थप निर्णायक कदम अघि बढाउने प्रतिज्ञा गरे।

यो भाइरसलाई राक्षसको रुपमा व्याख्या गर्दै आएका सीले चीनले यो वर्षमा आफ्‍नो सामाजिक तथा आर्थिक अवस्थालाई सबल बनाउन प्रयास गर्ने बताए।

कोरोनामा संक्रमित उपचार भइरहेको अस्पतालमा बिरामी तथा चिकित्सकहरुलाई सान्त्वना दिन उनी पुगेका हुन्।

चीन सरकारले भाइरस फैलिन नदिन चीनका विभिन्‍न प्रान्तहरुमा बन्द गरेको छ। साथै स्कुल तथा कलेजहरु पनि बन्द गरिएका छन्। चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या आइतबार साँझसम्म ९ सय १० पुगिसकेको छ।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…