कोरोना भाइरस चीनिया वैज्ञानिकहरु आफैले बनाएको आशंका, लापर्वाहीका कारण बाहिरिएको दावी

काठमाडौं। चीनको वुहान शहरबाट फैलिएको नोबेल कोरोना भाइरस चीनको सेक्रेट वायोलोजिकल (गोप्य जैविक) हतियारको एक हिस्सा हुनसक्ने बारेमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा हुन थालेको छ।

चीनमा कम्तीमा नौं सय भन्दा धेरै जनाको ज्या न लिइसकेको कोरोना भाइरससँग चीनसहित संसारभर सतर्कता अपनाइरहँदा अन्तराष्ट्र्रियस्तरकै केही जैविक ह तियार विज्ञले यो चीनको प्रयोगशालामा विकास गरिएको वायोलोजिकल हतियार हुनसक्ने आशंका गरेका हुन्।

चीनको पी फोर प्रयोगशालामा विकास गरिएको आशंका गरिएको यो भाइरस केहि चिनियाँ वैज्ञानिकहरुको लापर्वाहीका कारण बाहिर आएर क्षति पुर्‍याएको अनुमान ती विज्ञहरुको छ ।

इजरायलका एक वायोलोजिकल हतियार तथा यु द्ध मामिलाका विज्ञले चीनले यस किसिमको ह ति यार बनाएको हुनसक्ने दावी गरेका छन्। तर प्रयोगशालामा असावधानीका कारण चीनको आफ्नै नागरिकमा फैलिएको आशंका पनि ती इजरायली विज्ञले गरेका छन्।

कोरोना फैलिएपछि चीनका उपराष्ट्रपति चुपचाप वुहान शहरको भ्रमणमा जानु र त्यसलाई लो प्रोफाइलमा राखिनुले पनि यस आशंकालाई बल मिलेको केहि अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

कोरोना फैलिएपछि वुहान शहर र त्यसको ७० किलोमिटर आसपासमा पूर्ण रुपमा बन्द गरिएको छ। विभिन्न देशले आफ्ना नागरिकलाई वुहानबाट उद्धार गर्न थालेको पनि समाचार आउन थालेका छन्। नेपाल पनि नेपालीहरुको उद्धारको तयारीमा रहेको सरकारी अधिकारीहरुले जनाएका छन्।

तर वुहान सहरमा मात्रै तीन सय नेपाली भए पनि अहिलेसम्म सरकारले उनीहरुलाई नेपाल ल्याउने बारे कुनै पहल नै नगरेको भन्दै सरकारको आलोचनासमेत हुन थालेको छ ।

यसअघि पनि चीनबाट विभिन्न भाइरस महामारीको रुपमा फैलिएको थियो। त्यस समयमा चीनले विश्व स्वास्थ्य संगठनलाई सम्पूर्ण सूचनाहरु नदिएको आरोप लागेको थियो।

चीनले यसपटक भने आफूले सम्पूर्ण सूचना विश्व स्वास्थ्य संगठनसँग साझा गर्ने तथा कुनै पनि सूचना नलुकाउने प्रतिबद्धता जनाएको छ। तर स्थित भनेजस्तो नभएको भन्दै केहिले सो प्रतिबद्धतामाथि समेत आशंका गरेका छन्।

चीन अहिले मास्कको देश भएको छ। मास्क विना कोहि पनि मानिस देख्न मुस्किल भएको छ। कोरोनाका कारण आफ्ना नागरिक पीडित भएपछि चीन सरकारले पनि कोरोना भाइरससँग जुध्न छुट्टै सुविधा सम्पन्न अस्पताल १० दिनमा बनाउने घोषणासँगै वुहानमा १ हजार भन्दा बढी शैयाको सुविधा सम्पन्न अस्पताल बनेको छ।

चीन अहिले यु द्ध स्त रमा कोरोना भाइरससँग लड्ने तयारीमा जुटेको छ। कोरोनाले संसारभर चिन्ता उत्पन्न गराइरहँदा अष्ट्रेलियामा यसका वि रु द्ध ल ड्ने एण्टी भाइरस बनाउने कुरामा केहि सफलता मिलेको अनुसन्धानकर्ताहरुले दावी गरेका छन्।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…