एमसीसी सम्झौता संशोधन गरिए अमेरिकालाई मान्य हुँदैन : राजदुत बेरी

काठमाडौं। अमेरिकी सहयोग (मिलेनियम च्यालेन्ज कर्पोरेसन) अन्तर्गतको नेपाल अनुदान सम्बन्धी सम्झौता यथास्थितिमा पारितका लागि लबिङ गर्न एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल आइरहेका बेला नेपालस्थित अमेरिकी राजदूत र्‍याण्डी बेरीले संशोधित सम्झौता अमेरिकालाई मान्य नहुने बताएका छन्।

ब्रुक्सले राजधानीमा नेकपाका नेता एवं एमसीसीका पदाधिकारीसँगको भेट तीव्र पारिरहेका बेला बेरीले पोखरामा रोटरी इन्टरनेशनलको सम्मेलनमा यस्तो अभिव्यक्ति दिएका हुन्।

करिब तीन सय जना सहभागी उक्त सम्मेलनमा एक जनाले सोधेको प्रश्नको जवाफ दिँदै बेरीले एमसीसी सम्झौता संशोधन गरिएमा त्यो अमेरिकालाई मान्य नहुने अभिव्यक्ति दिएका थिए। खासगरी सत्तारुढ नेकपामा एमसीसी सम्झौतालाई लिएर नेताहरु विभाजित भएपछि यही माघ १९ गते सम्पन्न केन्द्रीय कमिटीको बैठकबाट एमसीसी अध्ययन कार्यदल गठन गरिएको छ।

नेकपाका नेता भीम रावल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य सम्मिलित पूर्वप्रधानमन्त्री समेत रहेको नेकपाका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलले एमसीसी सम्झौताका प्रावधानहरु अध्ययन गरिरहेका बेला बेरीबाट आएको यो अभिव्यक्तिले थप विवाद उत्पन्न गर्ने आँकलन गरिएको छ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…