जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिने निर्णय

कालिकोट । जनयुद्ध दिवसको दिन कालिकोट जिल्लाको पलाँता गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ। शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो।

२५औं जनयुद्ध दिवसको सन्दर्भ पारेर पलाँतामा खेलकुद कार्यक्रमसमेत गर्न लागिएको गाउँपालिका अध्यक्ष लक्ष्मण बमले जानकारी दिए। जनयुद्धका सहिदहरुको सम्झनामा गाउँपालिकाले गत वर्षदेखि निरा स्मृति कप सञ्चालन गर्दै आएको छ।

उक्त कपमा गाउँपालिका भित्रका माध्यामिक विद्यालयका बीचमा प्रतिस्पर्धा गराईने गरिएको छ। कपमा छात्रा र छात्रहरुका टिमहरुबीच छुट्टाछुट्टै भलिबल प्रतिस्पर्धा गराइने छ।फागुन एक गतेबाट पलाँता गाउँपालिकाले सार्वजनिक यातायात सञ्चालन गर्दैछ। त्यसैगरी आगलागी पछि पुनर्निर्माण गरिएको खाडाको बस्ती हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका मन्त्री तथा सांसदलगायत सम्पुर्ण राजनीतिक दल र सरोकारवालालाई आमन्त्रण गरिएको गाउँपालिका अध्यक्ष बमले जानकारी दिए। विकास निर्माणका कार्यहरुले तिव्र गति लिएको र आगामी फागुन महिनादेखि विकास निर्माणका कामहरू अझ धमाधम हुने बमको भनाइ छ।

पलाँतामा पर्यटनको प्रचुर संभावना रहेको उल्लेख गर्दै पर्यटकिय क्षेत्रको विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटनको आगमनमा वृद्धि गरी गाउँपालिकालाई समृद्धि बनाउने पलाँता सरकारको लक्ष्य रहेको उनले बताए। पर्यटन, उर्जा, कृषि, उधोग र आधुनिकीकरणले मात्र विकास र समृद्धि संभव रहेको बताउदै बमले स्रोत साधनहरुको उचित सदुपयोग गर्नुपर्नेमा जोड दिए।

बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउन पलाँता सरकारले युवा लक्षित कार्यक्रम सञ्चालन गरेको बताउदै गाउँमा नै रमाउन प्रेरणा प्रदान गरीएको उनले जानकारी दिए।

अध्यक्ष बमले पलाँता गाउँपालिकाको विकासमा कुनै पनि कमि हुन नदिने बताउदै विकासको मुल फुटाउदै आफ्नो पहलमा अबको २ वर्ष भित्रै पलाँता भित्रका मोटर बाटो स्तरोन्नति गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…