एमसीसी पास गर्न केपी ओलीको झटपट गरेको देख्दा महाकाली सन्धिको भुतले तर्साउँछ

काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी छिटो गरी पास गर्न मरिहत्ते गर्नुको पछाडि रहस्यमय भएको बताएका छन् ।

संग्रौलाले ट्वीट गर्दै प्रधानमन्त्री ओलीले झटपट एमसीसी पास गराउन खोज्नुले महाकाली सन्धिको झल्को दिएको समेत उल्लेख गरेका छन् ।

एमसीसी इन्डो प्यासिफिकको अंग हो वा होइन भन्ने आफूलाई जानकार नभए पनि प्रधानमन्त्रीले छिटो गरी पास गराउन खोजेकाले त्यसभित्र केही कालो पो छ कि भन्दै आशंका गरेका छन् ।

संग्रौलाले लेखेका छन् :-

‘एमसीसी इन्डो व्यासिफिकको अंग हो कि होइन म जान्दिनँ । तर, ओली सरले यसलाई झटपट पास गर्न मरिहत्ते गरेको देख्दा महाकाली सन्धिको भुतले तर्साउँछ । महाकाली सन्धि झटपट पास गर्न पनि त ओली सरले यसरी नै मरिहत्ते गरेका थिए । दालमा केही कालो पो छ कि मान्यवर ?’

प्रचण्ड पनि एमसीसी पास गर्ने पक्षमा :-

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को पक्षमा रहेको बताएका छन् ।

तर एमसीसीमा रहेका केही अस्पष्ट विषयलाई प्रष्ट पारेर पारित गर्ने पक्षमा आफू रहेको उनले बताएका हुन् । कान्तिपुर कन्क्लेभको सम्वादमा प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् । नेपालको पक्षबाट र अमेरिकी पक्षबाट पनि प्रष्ट पारिनुपर्ने केही विषय उनले औंल्याएका थिए ।

प्रचण्डले सोधेका छन्, ‘भारतको पनि सहमति लिनुपर्छ भनिएको रहेछ । त्यो भनेको के हो ?’ अमेरिकाको तर्फबाट पनि प्रष्ट गर्नुपर्ने केही विषय भए त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।

अमेरिकासँग नेपालको ऐतिहासिक सम्बन्ध रहेको उदाहरण दिँदै अमेरिकाले एमसीसी मार्फत अनुदान दिन लागेको अर्बौँ रकम नेपालको लागि अवसर भएको पनि उनले बताए । यही सन्दर्भमा उनले एमसीसीलाई प्रष्ट गरेर छिट्टै पारित गर्ने पक्षमा आफू रहेको प्रचण्डले बताएका हुन् ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…