स्वास्थ्यका लागि मदिरा र चिया समान हानिकारक

काठमाडौं।  गाउँघरमा होस् वा शहरबजारमा घरमा पाहुना पुग्ने वित्तिकै चिया पकाएर खुवाउने चलन आम नेपाली माझ रहेको छ । यस्तै साथीहरु भेटघाटको क्रममा पनि सबैभन्दा पहिला चिया नै खाने गरिन्छ । त्यसैले पनि नेपाली समाजमा चिया अनिवार्य जस्तै भएको छ ।

तर, तपाईलाई थाहा छ ? चियाले पारिवारीक, सामाजिक र साथीभाइबीचको सम्बन्धमा निकटता ल्याएपनि स्वास्थ्यका लागि भने निकै हानिकारक छ । वैज्ञानिक अनुसन्धानले चियामा तिन प्रकारको शरीरलाई असर पर्ने तत्व हुने बताएका छन् ।

चियामा पाइने ती तत्व स्वास्थ्यका लागि हानिकारक

थिन

चिया पिउँदा हामीलाई आनन्दको अनुभुती भएजस्तो लाग्छ । तर त्यो आनन्द होइन थिन नामक तत्वको प्रभाव हो । थिनको प्रभावले हाम्रो शरीरको ज्ञान तन्तुहरुको संगठनमा विषालु प्रभाव पार्छ ।

टेनिन

चियामा पाइने टेनिन भन्ने तत्वले शरीरमा कब्जीयत गराउँछ । यसले पाचन प्रणालीलाई पनि कमजोर बनाउछ । यसले निद्रालाई समेत प्रभाव पार्छ । टेनिनि नामक तत्वको प्रभाव रक्सीको जस्तै मिल्दोजुल्दो हुन्छ । यसको प्रभावले शुरुमा जाता भएको जस्तो अनुभव हुन्छ तर केही समयपछि यसको असरले थकान उत्पन्न हुन्छ । जसले गर्दा चिया खान मन लाग्छ ।

क्याफिन

चियामा पाइने क्याफिन एउटा खतरनाक तत्व हो । यसको असर रक्सी तथा तम्बाखुमा हुने निकोटिनको जस्तै हुन्छ । यसले शरीरलाई निर्वल बनाई यौन दुर्वलता समेत ल्याउँछ । क्याफिनले मुटुको धड्कन बन्द गराउन समेत सक्छ ।

आजभोली मुटु र रक्तवाहिनीमा समस्या भएका बिरामीहरु बढ्दै गएका छन् । यसरी बिरामीहरु बढ्नको कारण मध्ये एउटा कारण अधिक चिया पिउनु पनि हो । चियाको नसाले मानिसलाई बाहिर फुर्तिलो देखाएपनि भित्रभित्रै असर परिरहेको हुन्छ ।

चियामा पाइने क्याफिनले पिशावको मात्रामा ३ गुणा बढाउँछ । क्याफिनले शरीरभित्र रहेका दुषित मललाई मुत्रद्धारा निकाल्न दिदैन । जसले गर्दा दुषित मलहरु शरीरभित्र नै रहन्छ ।

त्यसको असरले जोर्नी दुख्ने, मिर्गौलामा खराबी आउने, मुटु सम्बन्धी रोग लाग्ने सम्भावन हुन्छ । चियामा हुने टेनिनको कारण पेटमा समस्या आउन सक्छ । जस्तै पेट फुल्ने, कब्जियत हुने, पेट दुख्ने समस्या आउँछ ।

चिया अत्याधिक पीउदा दाँत र आँखा सम्बन्धि रोगको पनि जोखिम हुन्छ । योगगुरु स्वामी रामदेवका अनुसार एक पटक चिया पीउदा हाम्रो कलेजोका कोमल गन्थीकाे लगभग ५० कोषहरु निष्क्रीय हुन्छ । यस्तै चिया पिउनु रक्ती पिउनु जस्तै खतरनाक हो ।

चियाको विकल्प के ?

तपाईलाई चिया खाने बानी परिसकेको भने एकैपटक चिया खानै छाड्न गाह्रो हुन्छ । त्यसैले चिया दिनका थोरै मात्रामा पिउने गरौं । साथै चियाको सट्टामा कागती पानी पिउन् बानी गर्नु उपयुक्त हुन्छ ।

भर्खरै प्रकाशित

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…