भ्रष्टाचार आरोपी कांग्रेस नेता विजयकुमार गच्छदारको गृह नगरमा मशाल जूलूस प्रदर्शन

सुनसरी।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली काँग्रेसका उप-सभापति एवं संसदीय दलका उप-नेता विजयकुमार गच्छदार बिरुद्ध बिशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको विषयमा आपत्ती जनाउदै नेपाली काङ्ग्रेसले मशाल जूलूस प्रदर्सन गरेको छ ।

तरुण दल सुनसरीको नेतृत्वमा भएको बिरोध प्रदर्शनमा दुहबिका विभिन्न बाईपास सडकबाट एकैसाथ हजारौंको संख्यामा काँग्रेस कार्यकर्ता,तरुण नेता तथा कार्यकर्ता र गच्छदार समर्थकहरुको मसाल जुलुसमा उपस्थिती रहेको थियो ।

चारै कूनाबाट सुरु भएको मशाल जूलूस कोण सभामा परिणत भएको थियो । कोण सभामा बाेल्दै दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले ललिता निवास जग्गा प्रकरणमा नेपाली काङ्ग्रेस पार्टी उपसभापति बिजयकुमार गच्छदार मुछिएको विषयलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै आन्दोलनको तयारी थालेको बताएका छन् ।

दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले वर्तमान सरकार दुई तिहाईको दम्भ देखाएर सुनियोजित तवरले लगाइएकाे मुद्दा फिर्ता नलिए वर्तमान सरकार विरुद्ध सडक संघर्षको विकल्प नहुने बताए ।

नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ३ का सभापति मेंहदी हुसैनले सुनसरी क्षेत्र नम्बर ३ बिजय गच्छदारको राजनीतिक कर्मथलो समेत भएकाले आन्दोलनकालागि २१ सदस्य कमिटि तयार भएकोले चाँडैनै चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिने जानकारी दिएका छन् ।

नेपाल तरुण दल सुनसरी जिल्ला कार्य समितिका सभापति सिजन गुरुङ र नेपाल तरुण दल सुनसरी क्षेत्र नम्बर ३ का सभापति विकासराज भण्डारीको नेतृत्वमा आएका तरुण दलका यूवाहरुले संसदीय दलका उपनेता गच्छदार माथि लगाइएको आरोप सहैय हुन नसक्ने भन्दै उक्त कदम विरुद्ध आन्दोलनमा होमिनु बाहेकको विकल्प नरहेको बताए ।

तरुण दल सुनसरी क्षेत्र नम्बर ३ का सभापति विकासराज भण्डारीले यूवाहरु आन्दोलनकोलागि तयारी अवस्थामा रहेको समेत बताए । काँग्रेससँग जोरी खोज्ने तानाशाहको अन्त्य निश्चित रहेको बताए।  पुर्बेली न्यूजबाट 

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…