एक दु र्घटनाको कारण बदलियो यी अभिनेत्रीको पूरै जीन्दगी, अब चिन्नै मुस्किल

फिल्म आशिकीकी अभिनेत्री अनु अग्रवाल चाडै कपिल शर्मा शो मा जान लागेकी छिन्। सार्वजनिक भएको एक तस्वीरमा अनुसँगै आशिकीका हिरो राहुल पनि एकसाथ देखिएका छन्।

सार्वजनिक भएको तस्वीरमा अनुलाई चिन्न मुस्किल भएको भारतीय मिडियाले जनाएका छन्। २१ वर्षको उमेरमा अनुले अभिनयको क्षेत्रमा प्रवेश गरेकी थिइन्। अनुले अभिनय गरेको पहिलो फिल्म आशिकी थियो।

जसको निर्देशन महेश भट्टले गरेका थिए। यस फिल्म प्रदर्शन भएको ३० वर्ष भइसकेको छ। पहिलो फिल्मबाटै अनु दर्शकका माझमा लोकप्रिय बनेकी थिइन्। आशिकीबाट रातारात हिट भएकी अनुले कयौँ फिल्ममा काम गरेकी थिइन्।

अनुको जीवनमा यस्तो एउटा समय आयो, जसले उनको पूरै जीवन हल्लाएर राखिदियो। सन् १९९९ मा अनु एक द र्दनाक सडक दु र्घ टनाको शिकार भइन्।

दु र्घ ट नामा उनको स्मरण शक्तिमा त असर पर्यो नै। उनीलाई हिँड्न घुम्न पनि समस्या भयो। दु र्घ टनापछि २९ दिनसम्म उनी कोमामा बसिन्।

करिब ३ वर्षको उपचारपछि अनु ठिक भइन्। स्वास्थ्यमा सुधार आएपछि अनुले आफ्नो सबै सम्पत्ति दान गरेर योग टिचर बनिन्। अनु अहिले बिहारको मुंगेर जिल्लामा एक्लै बस्छिन् र त्यहाँ योग सिकाउने काम गर्छिन्। अनुले सन् २०१५ मा ‘अनयूजवलः मेमोरी अफ ए गर्ल हू कम ब्याक फ्रेम डेड’ आत्मकथा सार्वजनिक गरेकी थिइन्। जसमा उनले आफ्नो जीवनको हरेक रहस्य सार्वजनिक गरेकी छिन्।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…