अख्तियारले मागेको बिगो तिर्न मसँग पैसा छैन, ९ करोड रुपैयाँ कहाँबाट ल्याउने : गच्छदार

काठमाडौं : ललितानिवास प्रकरणमा मुछिएका कांग्रेस उपसभापति एवम् पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले अख्तियारले माग गरेको बिगो तिर्ने रकम आफूसँग नभएको बताएका छन्। संसदीय दलको शुक्रबार बसेको बैठकमा बोल्दै उपसभापति गच्छदारले ललिता निवास प्रकरणमा आफू निर्दोष रहेको बताएका हुन्।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले आफूले भ्रष्टाचार नगरेको दाबी गर्दै अख्तियारले माग दाबी गरेको बिगो तिर्न सक्ने अवस्थामा नरहेको बताए। ‘९ करोड रुपैयाँ कहाँबाट ल्याउने ? मसँग पैसा छैन ? ,’ दलको बैठकमा उनले भने, ‘३० वर्ष सांसद बनें। कुनै दोष लागेन। अहिले मेरो राजनीति सिध्याउन सुनियोजित रूपमा मुद्दा दायर भयो।’

गच्छदारले आफूविरुद्धको मुद्दा पार्टीमाथिको आक्रमण भएको बताए। ‘यो पार्टीको विषय हो। पार्टीको विषय भए पनि ममाथि आक्रमण भएकाले मलाई बढी पीडा हुनु स्वाभाविक हो’, उनले भने, ‘मैले भ्रष्टाचार गरेको छैन। ललिता निवास प्रकरणमा भौतिक मन्त्रालय सरोकारवाला मन्त्रालय पनि होइन। यो राजनीतिक पूर्वाग्रहबाट भएको निर्णय हो।’

उनले ललिता निवास प्रकरणलाई आफूले चर्काे रूपमा उठाएपछि सरकारले प्रतिशोध साँध्न अख्तियारलाई प्रभावित पारेको जिकिर गरे। ‘ललिता निवासबाट कुनै लाभ लिएको भए म जस्तोसुकै सजाय भोग्न तयार छु। यो ममाथिको प्रहार हो,’ गच्छदारले भने।

बैठकमा सांसदहरूले अख्तियारको भूमिका निष्पक्ष नभएको भन्दै आपत्ति जनाएका थिए। नेकपा महासचिव विष्णु पौडेल, चीनका लागि नेपाली राजदूत लीलामणि पोखरेल, पूर्वप्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईलाई बचाएर कांग्रेस नेताहरूलाई मात्र दोषी देख्ने अख्तियारको भूमिकामाथि कांग्रेसले प्रश्न उठाएको छ।

नेवि संघको विरोध प्रदर्शन

नेपाल विद्यार्थी संघको अगुवाइमा शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन भएको छ। अख्तियारले पूर्वाग्रही भएर कसैलाई काखा र कसैलाई पाखा गरेको भन्दै नेवि संघका कार्यकर्ता सडकमा उत्रिएका हुन्। नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आफूहरू नेताको बचाउमा आन्दोलनमा नआएको प्रस्ट पारे। उनले भने, ‘कसैलाई काखा कसैलाई पाखा गर्ने अख्तियारको कदमको विरोध गर्न आएका हौं। निर्णय गर्ने प्रधानमन्त्री माधव नेपाल निर्दोष हुने अनि प्रस्ताव लैजाने मन्त्री गच्छदारलाई कारबाही कसरी ? ’ उनले तत्कालीन मुख्यसचिवदेखि पार्टीका महासचिव विष्णु पौडेललाई बचाउने अख्तियारको निर्णय दोषी रहेको दाबी गरे।

नेवि संघका अध्यक्ष राजीव ढुंगानाले पनि सरकार र अख्तियारको गलत निर्णयविरुद्ध आन्दोलनमा उत्रिएको बताए। शनिबार तरुण दलको नेतृत्वमा देशभर विरोध कार्यक्रम हुने कांग्रेसले जनाएको छ।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…