दाङको बेलझुण्डीमा ‘प्रदेश एक्स्पो’ आयोजना हुने

प्रदेश सरकार स्थापना भएको अवसरमा प्रदेश नं. ५ ले दाङको बेलझुण्डीमा ‘प्रदेश एक्स्पो’ आयोजना गर्ने भएको छ। प्रदेशको स्थापनाको अवसरमा फागुन १०, ११ र १२ गते तीन दिनसम्म प्रदेश एक्स्पो गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक्स्पोबारे जानकारी दिएको हो। प्रदेश सरकारको स्थापना दिवस फागुन ३ गते हो। स्थापना दिवसको अवसरमा फागुन २ गतेदेखि नै प्रदेशका विभिन्न जिल्लामा विविध कार्यक्रम गर्ने भएको छ। प्रदेश सरकारले एक्स्पोमार्फत दुई वर्षको अवधिमा गरेका कामहरू जनतालाई जानकारी दिने जनाएको छ।

त्यसका लागि बिहीबार दाङको वेलझुण्डीमा सचिवालयसमेत स्थापना गरेको छ। प्रदेश ५ को आयोजनामा हुने एक्स्पोमा प्रदेशका १२ जिल्लाका स्थानीय तहको विशेष प्रस्तुति रहने आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले जानकारी दिए।

‘प्रदेश सरकारले अहिलेसम्म गरेका गतिविधिहरूलाई जनतासम्म लक्ष्य अनुरूप प्रदेश एक्स्पोको आयोजना गर्न थालेका हौ,’ मन्त्री केसीले भने, ‘एक्स्पोमार्फत प्रदेश सरकारले गरेका गतिविधिहरू जनताले थाहा पाउनेछन्।’ मन्त्री केसीले २ वर्षको अवधिमा गरेका गतिविधि र आगामी योजनाका बारेमासमेत जानकारी गराइने बताए।

प्रदेश ५ मा रहेका प्राकृतिक तथा सांस्कृतिक वस्तुको बारेमा जानकारी गराउन एक्स्पोमा राखिने मन्त्री केसीले बताए। ‘यो एक्स्पो कार्यक्रमले विशेषतः शिक्षामूलक, ज्ञानवद्र्धक र जानकारी मूलक कार्यक्रम हो,’ उनले भने, ‘त्यसैले यो कार्यक्रमलाई सफल बनाउन सबैको सहयोग आवश्यक छ।’ कार्यक्रमले एक मन्त्रालयबाट अर्काे मन्त्रालयले र एक पालिकाबाट अर्काे पालिकाले सिक्ने अवसर प्राप्त गर्ने उनको दाबी छ।

एक्स्पोमा १२ वटै जिल्लामा उत्पादन भएका वस्तुको प्रदर्शनी समेत राखिने जनाएको छ। तीन दिनसम्म चल्ने एक्स्पोमा प्रदेश ५ भित्र भएका शिक्षा, स्वास्थ्य, प्रविधिलगायत बारेसमेत जानकारी गराइनेछ। त्यसैगरी मगर, थारू, अवध संस्कृतिको विशेष प्रस्तुति रहनेछ भने सारङ्‌गी वाद्यवादनसमेत राखिने भएको छ।

प्रदेश ५ को कला संस्कृति झल्काउने २ सय जनाको विशेष टिम तयार पारेर प्रदर्शन गर्ने तयारी गरिएको छ। कार्यक्रम सूचना, प्रविधि, सञ्चार प्रतिष्ठानको बारेमा वृहत गोष्ठीसमेत गरिने भएको मन्त्री केसीले जानकारी गराए।

प्रदेश ५ को विविधता, उत्पादन, पहिचान, संस्कृति र विकासको स्थिति जानकारी गराउने र समृद्ध प्रदेश, खुसी जनताको लक्ष्य पूरा गर्नको लागि कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा तथा संस्कृतिको विकास गर्ने योजनामा प्रदेश एक्स्पोले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए।

भर्खरै प्रकाशित

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…