सुन्दा अचम्म लाग्ने : पानीको स्रोत नै कम भएका मुलुकहरुबाट नेपालमा आयत हुन्छ पानि

काठमाडौं, २३ माघ । नेपालका हिमनदीको पानी विश्वमै गुणस्तरीय मानिन्छ । ठूल–ठूला हिमनदीहरु पानीका स्रोत हुन् । तर, नेपालले खाडी मुलुकबाट पानी आयात गर्नुपर्ने विडम्वना रहेको छ । ५ वर्षको तथ्यांकलाई हेर्दा औषतमा वार्षिक १ करोडभन्दा बढी रकमको पानी आयात हुने गरेको छ ।

के तपाईलाई थाहा छ ? नेपालले पानी पनि आयात गर्छ ! सुन्दा अचम्म लाग्ला, त्यो पनि खाडी मुलुकबाट । पानीको स्रोत नै कम भएका मुलुकहरुबाट जलस्रोतको धनी मानिएको नेपालले पानी आयात गर्नुपर्ने बाध्यता ? संयुक्त अरब इमिरेट (यूएई)ले मात्र गत आर्थिक वर्षमा १ हजार ४ सय ४० लिटर पानी नेपाल पठायो । चीन, जापान, फिलिपिन्स जस्ता देशहरुबाट पनि पानी आयात हुन्छ । आर्थिक वर्ष २०७१/७२ देखि आर्थिक वर्ष २०७५/७६ सम्म ८ करोड १ लाख ९६ हजार रुपैयाँको पानी आयात भयो ।

आर्थिक वर्ष २०७५/७६ मा मात्रै १ करोड ४७ लाख ९२ हजार रुपैयाँको पानी आयात भएको तथ्यांक छ । चालु आर्थिक वर्षको ६ महिनामा १५ लाख २८ हजार रुपैँयाको पानी आयात भएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा कुन देशबाट कति पानी आयात ?

पानी आयात गरिनुपर्ने कारण के हो ? यो प्रश्नमा सरोकारवालाहरुले नेपालमा गुणस्तीय पानी नबन्ने गरेको जवाफ दिएका छन् । आर्थिक वर्ष २०७५/७६ मा गुलियो तथा अन्य पदार्थ मिश्रण नगरेको शीर्षकमा ५ हजार रुपैयाँको २ लिटर पानी निर्यात गरेको भेटिएको छ । चालु आर्थिक वर्षको ६ महिनामा भने १ लाख ६५ हजारको पानी निर्यात गरेको छ ।

गुणस्तरीय पानी उत्पदान भए नेपालको हिमनदीका पानीको विदेशमा माग बढी छ । तर, त्यसका लागि सरकारले ठोस योजना बनाउनुपर्छ । सरकारले पर्याप्त जलस्रोत हुदाँहुदै त्यसलाइ परिचालन गर्न नसक्दा बर्षौ देखी पानी आयात गर्नु परेको सरोकारवालाहरुको भनाइ छ ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…