कोरोनाभाइरस निको पार्न भन्दै भारतमा गाइको गोबर खान सुरु

चिनमा कोरोना भाइरसका कारण हजारौं मानिसहरुमा संक्रमण फैलिरहेको छ । विश्वभरका वैज्ञानिक उक्त भाइरसविरुद्धको औषधि ‘एन्टीभाइरल’ उत्पादन तथा खोज गर्न लागि परेकाछन्। पछिल्लो समय एक अमेरिकी कम्पनिले उत्पादन गरेको औषधि आधिकारिक पुष्टि नभईकनै चिनमा परिक्षण स्वरुप विरामीलाई दिन थालिएको छ। विश्वभरका वैज्ञानिक कोरोनाभाइरस निको पार्ने औषधिको खोजी तिव्र पारिरहेकाबेला भारतमा भने गाइको पिसाब र गोबरबाट उपचार हुने हल्ला फैल्याईएको छ।

भारतीय हिन्दुमहासभाका नेता स्वामी चक्रपनु महाराजले गाइको गोबर र गाइकै पिसाबद्वारा विश्वभर फैलिरहेको कोरोनाभाइरस निको पार्ने दावी गरेपछि भारतमा कतिपय मानिसहरु पुर्वसचेतताका लागि गाइको पिसाब र गोबर सेवन गर्न थालेको समाचार विभिन्न अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

भारतीय संचारमाध्यम टाइम्स अफ इंडियाका अनुसार हिन्दुमहासभाका नेता स्वामी चक्रपनु महाराजले गाइको गोबर सेवन गर्दा प्रा’ण’घा’तक रोग कोरोना भाइरस फैलन रोक्ने बताएका थिए। तर, वैज्ञानिकहरुका अनुसार गाइको पिसाब र गोबर अन्य कुनै रोगका लागि औषधिको रुपमा प्रयोग भएता पनि कोरोनाभाइरसका लागि काम नगर्ने दावि गरे।

स्वामी महाराजले गाइको पिसाबबाट कोरोना भाइरस निको हुने मात्र भनेनन्, उनका अनुसार भारतमा पाइने गाइको पिसाबले मात्र उक्त भाइरस विरुद्ध काम गर्न सक्छ, खासगरि सडकका फोहोर नखाएका गाइबाट मात्र औषधि उपचार हुने उनको दावी थियो।

स्वामी महाराज भन्छन्, ‘गाइको पिसाबद्वारा कोरोना भाइरस मात्र निको हुँदैन, ‘माइग्रेन र डिप्रेसन’ जस्ता रोग पनि निको पार्छ’, उनको भनाइ टाइम्स अफ इंडियाले लेखेको छ। सबै रोगको जड मासुजन्य पदार्थ रहेको भन्दै उनले सबैलाई शाकाहारी बन्न समेत सुझाव दिए।

“कोरोना भाइरस भएका विरामीले गौमुत्र पिउंदै शिव मन्त्र पढ्न अथवा विरामीले टाउकाे वा पुरै शरीरमा गाइको गोबर लेपन गर्दा राेग निको हुन्छ”, उनले बताए । भारतीय अाम नागरिकमा गलत हल्ला फैलाएकाेभन्दै उनकाे अालाेचना समेत भएकाे छ ।

 

 

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…