पैसा तिरेर वकील राख्नसक्ने हैसियत मसँग छैन बरु जेल बस्छु

नेकपा (संयुक्त) का अध्यक्ष वयोवृद्ध राजनीतिज्ञ चन्द्रदेव जोशीमाथि बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ करोड ८ लाख ४८ हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

जीवनमा उनले कहिल्यै नचिताएको यत्रो आरोप लागेको भोलिपल्ट बिहानै उनको निवास पुग्दा केही शुभेच्छुकबीच दिक्दार मुद्रामा बसिरहेका थिए।

‘त्यत्रो पैसा मैले जीवनमा देखेको पनि छैन, भ्रष्टाचार त मैले कल्पना समेत गर्न नसक्ने विषय हो’, जोशीले बिएल नेपाली सेवासँग भने।

सुदूर पश्चिमको दार्चुलामा जन्मेका जोशी लामो संघर्षपछि गरिबी छिचोलेर नेकपा (संयुक्त) को अध्यक्ष र डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला चार महिना भूमिसुधार मन्त्री भएका थिए।

मुद्दा दायरपछि मात्र आफूमाथि अभियोग लाग्दै छ भन्ने जानकारी पाएको बताउँदै उनले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक दिन फोन गरेर केही सोध्नु थियो भनेर डाकेको थियो।

पत्र पनि नकाटी बोलाएर मौखिक रुपमा मन्त्री छँदा अगाडि बढाएको फाइलबारे सामान्य सोधपुछ गरेको थियो।’

यसबारे आफूले तत्कालीन सचिव दिनेशहरि अधिकारीलाई फोन गरी सोधेको बताउँदै जोशीले भने, ‘उहाँले केही होइन, सामान्य हो भन्नुभो। मलाई त त्यो के विषय थियो भन्ने पनि जानकारी थिएन।’

‘अब के गर्नुहुन्छ त ?’ भन्ने जिज्ञासा जोशीले भने, ‘अब मैले के गर्नु? जे गर्छ, अदालतले गर्छ। पैसा तिरेर वकील राख्नसक्ने हैसियत मसँग छैन। म केही गर्न सक्दिनँ। ’

‘यत्रो बिगो बमोजिमको धरौटी राख्ने मसँग सम्पत्ति पनि छैन। बिगो बमोजिम जेल राखियो भने मसँग जेलमै मर्नुबाहेक कुनै उपाय छैन।’

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…