कोरोनाको भाइरसका कारण ट्वाइलेट पेपर किन्नेको तँछाडमछाड भिड

एजेन्सी । कोरोना भाइरस फैलन सक्ने भन्दै हङकङ सरकार सार्वजनिक स्थानमाआवतजावत गर्न प्रतिबन्द गर्नसक्ने भएपछी  अत्यावश्यक खरिद गर्ने होडबाजी चलेको छ।  हङकङका सपिङ मलमा ट्वाइलेट पेपर किन्नेको तँछाडमछाड भिड लागेकाे छ ।

हङकङेलीहरु खाना र ट्वाइलेट पेपर अत्यावश्यक सामग्रीका रुपमा लिन्छन् । कोरोना भाइरस संक्रमणले त्रासमा रहेका हङकङबासीले जव स्थानीय अनलाइनमा ट्वाइलेट पेपर अभाव हुँदैछ भन्ने गलत समाचार पाए त्यसपछि उनीहरु ट्वाइलेट पेपर किन्न सुपरमार्केटमा लाइन लागेको अंग्रेजी सञ्चारमाध्यम डेलीमेल यूकेले जनाएको छ ।

याेसँगै उनीहरु चामल र पास्ता पनि अभाव हुने भन्दै किन्न लाइनमा लागेका छन् । यद्यपि हङकङ सरकारले बुधबार राति एक विज्ञप्ति जारी गर्दै चामल र शौचालय कागज जस्ता सामानको अभावको बारेमा झूटा अफवाहहरु फैलाइएको जसले बजारमा ती चिजको लागि खरीद आतंक बढाई अराजकता मौलाएको भन्दै त्यस्ता भ्रामक समाचारको पछि नलाग्न आग्रह गरेको छ ।

साथै कोरोना भाइरसको उद्गगमस्थल चीनसँगका अधिकांश सीमाहरु बन्द गरिएपनि सामान वसारपसार गर्ने नाकाहरु बन्द नगरिएको कारण दैनिक उपभोग्य सामान अभाव नहुने सरकारले अपिल गरेको छ । चीनको आरटीएच न्युजले चाई जिल्लाको एक सुपरमार्केटमा शौचालय कागज ट्वाइलेट पेपर र चामल बुधवार बिहान स्टोर खुलेको ३० मिनेटमा खाली भएको समाचार प्रकाशन गरेको थियो ।

त्यसलगत्ते सुपरमार्केटमा मानिसहरुको भीड लागेको थियो । तर सरकारले यो समाचारको खण्डन गर्दै अफवाहको पछि नलाग्न आग्रह गरेको छ । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोनाभाइसले चीनमा लगभग ६०० जनाको ज्या न गैस केको छ । त्यस्तै चीनसँग सीमा जोडिएको हङकङमा पनि एक जनाको ज्या न गएको छ भने २१ जनामा संक्रमण भएको पुष्टि भएको छ । संक्रमित धेरैजसो चीनबाट आएकाहरु छन् ।

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…