जसले कोरोना पत्ता लगाए उनैलाई कोरोनाले ज्यान लियो

काठमाण्डाै – चीनमा कोरोना भाइरसको सङ्क्रमण ख त रनाक हुनसक्ने भन्दै सबैभन्दा पहिलो पटक चेतावनी दिने डाक्टर ली वेनलियाङ्गकाे पनि कोरोनाकै कारण ज्या न गएको छ ।

वुहान केन्द्रीय अस्पतालका आँखा विशेषज्ञ ३४ वर्षीय डाक्टर वेनले गएको डिसेम्बर ३० तारिखमा केही बिरामीमा कोरोना भाइरस देखिएको जानकारी दिँदै यो खत रनाक हुनसक्ने बताएका थिए । तर चीनिया प्रहरीले उहाँलाई भ्रम नफैलाउन चेतावनी दिएको थियो ।

तर पछि चिकित्सक ली को भनाइ पुष्टि भएपछि चीनमा उनलाई समयमै कोरोनाबारे जानकारी दिएको भन्दै ‘हिरो’ काे रुपमा चर्चा गरिएको थियो ।

यो भाइरसको प्रकोपलाई नियन्त्रण गर्नका लागि चीनले अब केही कडा प्रतिबन्ध लागू गर्ने घोषणा गरेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार चीनका केही ठूला शहरहरुमा घरबाहिर साथमा भोजन गर्न रोक लगाइएको छ । केही ठूला भवनको लिफ्ट बन्द गरिएको छ । साथै कति जना व्यक्ति एकैसाथ बाहिर जान सक्छन् भनेर तोकिएको पनि छ ।

चीनका केही शहरमा मास्क समाप्त भएको समाचार पनि बाहिरिएका छन् ।

यसैबीच चीनमा कोरोना भाईरसबाट ज्या न गुमाउनेको सङ्ख्या ६ सय ३६ पुगेको छ ।

गएकाे २४ घण्टामा थप ७३ जनाको ज्या न गएपछि ज्या न गुमा उ नेको सङ्ख्या ६ सय ३६ पुगेको चीनको स्वास्थ्य विभागले पुष्टि गरेको हो । यस्तै चीनमा ३१ हजार १ सय ६१ जनामा कोरोनाको सङ्क्रमण भएको पनि विभागले जनाएको छ ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…