कोरोना भाइरसको बारेमा सुरुमा जानकारी दिने चाइनिज डाक्टर रहेनन्

एजेन्सी । चीनमा कोरोना भाइरसको संक्रमण हुँदैछ भनेर सुरुमै संकेत दिने एकजना चिकित्सकको अन्नतः सोही रोगको संक्रमणका कारण नि धन भएको छ । उनको निधनको पुष्टि बिहीबार विश्व स्वास्थ्य संगठनले गरेको छ ।

ली वेनलिङ नाम गरेका ती डाक्टरले चीनमा कोरोनाभाइरसको संक्रमण भित्रिन सक्ने चेतावनी डिसेम्बर महिनातिरै दिएका थिए । उनले त्यस्तो चेतावनी दिएपछि अनावश्यक हल्ला फैलाएको भन्दै उनलाई तत्काल प्रहरीले पक्राउ गरेको थियो ।

त्यसबेला उनी आफैं कोरोना भाइरसबाट संक्रमित भएका र डिसेम्बर ३० मा उनले आफ्ना विद्यार्थीहरु र चिकित्सकहरूलाई चेतावनी दिँदै केही बिरामीमा सार्स जस्तो भाइरसको लक्षण देखापरेको संकेत दिएका थिए । तर उनको सोही बिमारका कारण दुःखद निधन भएको छ । बिहीबार विश्व स्वास्थ्य संगठन (डब्लु एचओका)ले पत्रकार सम्मेलन गरी उनको मृ त्यु भएको पुष्टि गरेको छ ।

पत्रकार सम्मेलनमा डब्लएचओका अधिकारीहरुले भने, ‘हामी डा. ली वेनलिङ गुमाएकोमा धेरै दुःखी छौं ।’ ली वेनलिङले त्यसबेला निजी मेडिकल कलेजका सहकर्मी चिकित्सक र विद्यार्थीहरूसँग कुराकानीमा कोरोना भाइरसको संक्रमणका बारेमा निकै चिन्ता व्यक्त गरेका थिए । उनको सो दाबीलाई बेवास्ता गर्दै अधिकारीहरूले उनलाई प क्रा उ गर्न निर्देशन दिएका थिए ।

बीबीसीका अनुसार ३४ वर्षीय ली चीनको वुहान केन्द्रीय अस्पतालका नेत्र रोग विशेषज्ञ थिए । डिसेम्बरको अन्तमा उनले मेडिकल कलेजका ग्राजुयट छात्रछात्राहरुसँको निजी कुराकानीमा त्यस्तो कुराकानी गरेपछि उनलाई भेट्न आउनेहरुको भीड समेत पातलिन थालेको थियो । त्यसपछि प्रहरी अधिकारीहरूले उनलाई सार्वजनिक सुरक्षा ब्यूरोमा उपस्थित हुन भन्दै बोलाइएको थियो ।

त्यहाँ उनलाई बाध्यताबस त्यस्तो कुरा नगरेको भन्ने बेहोरासहितको एउटा कथित पत्रमा हस्ताक्षर गर्न बाध्य पारिएको थियो, जसमा उनले जानी जानी कोरोना भाइरसको बारेमा गलत टि प्प णी गर्नुपरेको थियो । तर जब को रो नाले चीनमा महामारीको रुप लिन थाल्यो त्यसपछि उनलाई त्यस्तो गर्न बाध्य पार्ने अधिकारीहरूले पछि माफी मागेका थिए ।

प क्रा उ परेका उनलाई खोकी र ज्वरोको संक्रमण देखिएको थियो । त्यसको केही दिनपछि उनलाई अस्पतालमा लगिएको थियो । ३० जनवरीमा लिको स्वास्थ्य परीक्षण गर्दा भाइरस पोजेटिभ देखिएको थियो ।

उनको फेब्रुअरी ६ को मृ त्यु को खबर बिहिबार सोशल मीडिया र चीनका स्वास्थ्य ब्लगहरुमा प्रसारित भइरहको छ । मानिसहरूलाई सही समयमा सचेत गराउने काम गरेको भन्दै विगत धेरै दिनदेखि चिनियाँ सोशल मिडियाले उनलाई ‘नायक’ का रुपमा प्रचार गर्दै आएको थियो ।

यद्यपि, यो पुष्टि भैसकेको छैन कि लीमा अन्य कुनै अन्तरनिहित स्वास्थ्य जटिलताहरू थिए, जसले उनको रोगको गम्भीरतालाई असर गरेको हुनसक्छ । तर उनको मृ त्यु को बारेमा आशंका रहेको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले समाचार प्रसारण गरेका छन् ।

नोबल कोरोनाभाइरसबाट विश्वव्यापी रुपमा २८,००० भन्दा बढी बिरामीहरु देखिएका छन् भने अहिलेसम्म ५६३ जनाको मृ त्यु भइसकेको छ ।

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…