कोरोनाको त्रास : चीनबाट फर्केको थाहा पाएपछि बिहेमा जन्ती नै आएनन, भिडियो मार्फत दिए बधाई

काठमाडौं। चीनको वुहानबाट फैलिएको नोवेल कोरोनाभाइरसले अहिले विश्व स्वास्थ्य आपतकाल लगाइएको छ। डेढ महिनाअघिदेखि वुहानबाट फैलिएको यो भाइरसले अहिले मानिसको स्वास्थ्यमात्र होइन, सामाजिक जीवनमा पनि गम्भीर प्रभाव पारेको छ।

सिंगापुरमा कोरोनाभाइरसको डरले एक विवाहमा निम्त्याइएका पाहुना नै आएनन्।

सिंगापुरका जोसेफ यू र उनकी श्रीमती कांग टिंङ, विवाहअघि चीनको हुनान प्रान्तबाट फर्केका थिए। सिंगापुरमा काम गर्ने जोसेफ र कांगको पुर्ख्यौली घर हुनानको गाउँमा हो। उनीहरू नयाँ साल मनाउन घर पुगेका थिए। नयाँ वर्ष मनाएर उनीहरू ३० जनवरीमा सिंगापुर फर्के।

फ्रेबुअरी २ मा उनीहरूको विवाह तय भएको थियो। उनीहरूले सिंगापुरमा होटल बुक गरेका थिए। पाहुनाले उनीहरू चीन गएर आएको थाहा पाएपछि विवाहमा आउन आनाकानी गर्न थाले।

आफ्नो विवाहमा पाहुना नआउने डर भएपछि जोसेफ र कांगले मिति सार्न खोजेका थिए। तर होटलले सबै तयारी पूरा भइसकेकाले सार्न नमिल्ने बताएपछि उनीहरूले नयाँ उपाय निकाले।

उनीहरूले विवाह भोजमा आफूहरू उपस्थित नहुने तर भिडिओ कन्फ्रेन्समार्फत् पाहुनासँग कुराकानी गर्ने निर्णय गरे। भिडियो कलबाटै नवविवाहित दम्पत्तिले आफ्नो विवाहको भाषण गरेका थिए भने पाहुनाले बधाई पनि त्यसैमार्फत फर्काएका थिए।

कोरोनाभाइरसकै कारण कांगकी आमाबुबासमेत विवाहमा उपस्थित हुन पाएका थिएनन्। सिंगापुरमा पनि अहिलेसम्म कोरोनाभाइरसको संक्रमण २८ जनामा भेटिएको जनाइएको छ।

जन्मिएको ३० घण्टामै शिशुमा देखियो कोरोना 

चीनमा एक नवजात शिशुमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । चिनियाँ चिकित्सकहरुका अनुसार ती शिशु जन्मिएको ३० घण्टामै कोरोना संक्रमण देखिएको हो ।

शिशुकी आमालाई यसअघि नै कोरोना भाइरसको संक्रमण देखिएको थियो । वुहानको एक अस्पतालमा फेब्रुअरी २ मा ती शिशु जन्मिएका थिए । बच्चाको स्वासप्रस्वासमा समस्या देखिएको बताइएको छ ।

साथै आमा र शिशु दुबैलाई स्वास्थ्य निगरानीमा राखिएको छ । चीनमा अहिलेसम्म ५ सय ५० भन्दा धेरैको मृ ‘त्यु भइसकेको छ । २८ हजार भन्दा धेरै संक्र’मि’त छन् ।

भर्खरै प्रकाशित

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…