जन एकता सहकारी संस्था र मन्जिता फाउन्डेसनको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हिमाली पत्रिका 

२३ माघ, घोराही। जन एकता बचत तथा ऋण सहकारी संस्था र मन्जिता फाउन्डेसनको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सहकारी संस्थाको दशौँ स्थापना दिवसको अवसरमा विहिबार दाङको घोराहीमा रक्तदान कार्यक्रम सम्मपन्न भएको हो। रक्तदान जीवनदान भन्ने मुल उद्देश्य सहित सुरु भएको कार्यक्रममा संस्थाका सदस्य सहित अन्य ३५ जनाले रक्तदान गरेका थिए।

नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा दाङको प्राविधिक ब्यबस्थापनमा संकलन भएको ३५ प्रिन्ट रगत शाखाकै ब्लड बैंकमा पठाइएको सहकारी संस्थाका अध्यक्ष रेगबहादुर खत्रीले जानकारी दिए।

स्थापना कालदेखि समाजसेवाको क्षेत्रमा सक्रिय रहदै आएको यस संस्थाले महिनाको रहेक दोस्रो शनिबार घोराही उपमानगरपालिकाका विभिन्न टोलमा पुगेर सरसफाई कार्यक्रम गर्दै आएको अध्यक्ष रेगबहादुर खत्रीले बताए।

‘गतवर्षको स्थापना दिवसमा घोराही उपमहानगरपालिका १६ स्थीत तेरौटेमा रहेको बृद्धआश्रममा खाद्द्यन्न तथा लत्ताकपडा वितरण गरेका थियौं,  यसवर्ष संस्थाले रक्तदान गर्ने निर्णय गरेको हो’, अध्यक्ष खत्रीले भने’।

दशवर्ष पहिले २५ जनाले सुरु गरेको यस सहकारी संस्थामा हाल १८०० जना सदस्य रहेका छन्।

 

 

भर्खरै प्रकाशित

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…