विपतमा परेको साथीलाई नेपालको दह्रो साथ : चीनलाई एकलाख प्रोटेक्टिभ मास्क सहयोग गर्दै नेपाल

काठमाडौं : नोवेल कोरोना भाइरसको संक्रमण उच्च रहेको चीनमा मास्कको अभाव भएपछि सरकारले एक लाख प्रोटेक्टिभ मास्क उपलब्ध गराउने भएको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको विशेष बैठकपछि उक्त निर्णय गरिएको हो। नेपालले १ लाखको संख्यामा प्रोटेक्टिभ मास्क चीन सरकारलाई सहयोगस्वरुप उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रधानमन्त्री केपी ओलीले कोरोना संक्रमणविरुद्ध निर्धारित कार्यायोजना अनुरुप जुट्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

बिहीबार बालुवाटारमा प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गर्दै नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति तयारीमा जुट्न सम्बन्धित निकायलाई निर्देशजन दिएका हुन्।

प्रधानमन्त्री ओलीले उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटन मन्त्री, मुख्य सचिव, सुरक्षा अधिकारी सहितको विशेष बैठकमा यस्तो निर्देशन दिएका हुन्।

सँगै प्रधानमन्त्री ओलीले चीनबाट ल्याउनुपर्ने विद्यार्थी एवं नागरिकलाई यहाँ नेपाल ल्याएर गरिन उपचार तथा क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्नसमेत निर्देशन दिएका छन्।

ओलीले चीनबाट ल्याइने विद्यार्थी र अन्य नागरिकको व्यवस्थापनको सम्पूर्ण कार्य पूरा गर्नसमेत सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गरी नेपाल आउन चाहने विद्यार्थी र नागरिकलाई ल्याउनसमेत उनले बैठकमा निर्देशन दिए।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले अत्यावश्यक कार्ययोजना प्रस्तुत गरेका थिए। परराष्ट्र सचिव शंकरदास वैरागीले पछिल्लो अवस्थाका बारेमा बैठकमा जानकारी गराएका थिए।

बागमती प्रदेशमा कोरोनाबारे उच्च सतर्कता

बागमती प्रदेश सरकारले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि १३ वटै जिल्लामा सर्तकता अभियान थालेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सबैलाई सचेत हुन र स्वस्थ व्यवहार गर्न आवहन गरेको छ ।

निर्देशनालयले बिहीबार हेटौंडामा सञ्चारकर्मीसँग अन्तक्रिया गर्दै रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, जेष्ठ नागरिक, दीर्घरोगीहरुलाई भाइरसले छिट्टै प्रभाव पार्ने भएकाले विशेष सावधानी अपनाउन र अन्य व्यक्ति सम्पर्कमा आउँदा करिब तीन फिटको दुरी कायम गर्न आग्रह गरेको छ । निर्देशनालयका निर्देशक डाक्टर रमेश अधिकारीले कोरोना भाइरस हावामा एक मिनेट र मानव शरीरमा चौध दिनसम्म मात्रै जिवित रहन सक्ने हुँदा संक्रमण स्वस्थ व्यवहारले नियन्त्रण गर्न सकिने बताए ।

संक्रमण देखिएमा उच्च ज्वरो आउने, स्वासप्रस्वासमा समस्या, लामो समयसम्म रुघाखोकी लागिरहने लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श लिन अधिकारीले सुझाव दिएका छन् ।

प्रदेशभित्र रोगको संक्रमण देखिए हेटौंडा अस्पताल र चितवन अस्पतालमा छुट्टै राखेर उपचार गर्ने व्यवस्था मिलाइएको निर्देशनालयले जनाएको छ । अरुसँगै राखेर उपचार गर्दा अन्य मानिसलाई पनि संक्रमण फैलन सक्ने भएकाले दुई वटा अस्पतालमा बेडसहित दुई वटा कोठामा उपचारको व्यवस्था मिलाइएको बताइएको छ ।

नेपालमा अहिलेसम्म संकास्पद १४ जनाको स्वास्थ्य परिक्षण गर्दा १ जनामा संक्रमण देखिएको डाक्टर अधिकारीले बताए । छिमेकी देश चीनबाट कोरोना भाइरस फैलिएकाले नेपालमा पनि संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन सुरु गरिएको उनले बताए ।

संक्रमण फैलन नदिन प्रदेश स्तरीय समिति

बागमती प्रदेशमा संक्रमण फैलन नदिनका लागि सामाजिक विकास मन्त्रालयले उच्च स्तरीय समिति र प्रदेश स्तरीय द्रुत प्रतिकार्य समिति गठन गरेको छ ।

सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर गोकर्णमणि दुवाडीको संयोजकत्वमा स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर रमेश अधिकारी, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डाक्टर बसन्त अधिकारी, प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक बद्री खड्का, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डाक्टर नारायणबहादुर कार्की, सामाजिक विकास मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डाक्टर पुरुषोत्तम सेढाई लगायतको उच्च स्तरीय समिति गठन गरी नेपालको नाका तथा पर्यटकिय क्षेत्रहरुमा विशेष निगरानी बढाइने भएको छ ।

बागमती सरकारले स्वास्थ्य निर्देशक रमेश अधिकारीको संयोजकत्वमा प्रदेश स्तरीय द्रुत प्रतिकार्य समिति पनि गठन गरको छ । समितिमा प्रदेश प्रहरी प्रमुख, प्रदेश खानेपानी सरसफाई प्रमुख, सामाजिक विकास महाशाखा प्रमुख, हेटौडा अस्पतालका मेडिकल सुपरिटेण्डेट, पशु सेवा कार्यालयका प्रमुख, सामाजिक विकास मन्त्रालय चिकित्सा शाखा प्रमुख सदस्य छन् ।

संक्रमितलाई परीक्षण गर्दा चिकित्सकलाई समेत भाइरस सर्न सक्ने भएकाले प्रदेशभरका सरकारी अस्पतालहरुमा एक थान चिकित्सक बचाउ गाउन खरिद गर्न निर्देशन दिइएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थाका निर्देशक डाक्टर वसन्त अधिकारीले बताए ।

भर्खरै प्रकाशित

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…