नेपालले मार्यो महिला भलिबल विश्व वरियतामा ठूलो छलाङ

काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोलीले विश्व वरियतामा ठूलो छलाङ मारेको छ । अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) ले यस वर्षको लागि सार्वजनिक गरेको वरियता क्रममा नेपाली महिला भलिबल टिम ८७ औं पर्न सफल भएको छ ।

यो नेपाली भलिबल इतिहासकै अहिलेसम्मकै उच्च वरियता हो । वर्ष भरको प्रदर्शनका आधारमा वरियता निर्धारण गरिएको एफआइभिबीले जनाएको छ ।

अघिल्लो वर्ष नेपाल १ सय २१ औं स्थानमा थियो । वरियता क्रममा नेपालको ५७ अंक छ । अघिल्लो १ वर्षभित्र गरेको प्रदर्शनको आधारमा एक वर्षको लागि वरीयता निर्धारण हुने गर्दछ । वरीयता १ फ्रेब्रुअरी २०२० बाट ३१ जनवरी २०२० मा लागु हुने गर्दछ ।

छिमेकी भारत ९७ अंकसहित ५४औं स्थानमा रहँद इरान ८९ अंकसहित ६३औं स्थानमा, श्रीलंका ७९ अंकसहित ७१औं स्थानमा र ५० अंक रहेको अफगानिस्तान १२१औं स्थानमा छ । बंगलादेश, भुटान पाकिस्तान, किर्गिस्थान, मंगोलिया, फिलिपिन्स उज्वेकिस्तान र तुर्केमिनिस्तानको समान ५० अंक छ ।

३ सय ९१ अंक रहेको चीन विश्व वरियताको शीर्ष स्थानमा छ । ३ सय ८२ अंकसहित अमेरिका दोस्रो स्थानमा, ३ सय २८ अंक जोड्दै ब्राजिल तेस्रो स्थानमा छ । इटाली, टर्की, सर्विया, जापान, रसिया, डोमिनिक गणतन्त्र र दक्षिण कोरिया क्रमशः शीर्ष दशमा छन् ।

मंसिरमा नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद ९साग०मा पटक रजत पदक जितेको थियो । नेपाली टोली फाइनलमा भारतसँग पराजित भएको थियो । यसअघि तीन पटक कास्य पदक जितेको नेपालले सागमा पहिलो पटक रजत पदक जितेको थियो ।

पुरुषतर्फ ५० अंक रहेको नेपाल १ सय ३८औं स्थनमा छ । पुरुषतर्फ ब्राजिल ४ सय २७ अंकसहति शीर्षस्थनमा छ । पोल्यान्ड, अमेरिका, रुस, अर्जेन्टिना, फ्रान्स, इटाली, इरान, जापान र क्यानडा शीर्ष १० भित्र छन् ।

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…