नेपालमा एमसिसी लागू गर्ने कुरा मात्रै नभएर त्यसबारे सोच्‍नसमेत सकिँदैन : रावल

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) नेपालमा लागू हुनै नसक्ने बताएका छन्।

देशभक्त गणतान्त्रिक मोर्चा नेपाल केन्द्रीय समितिले मंगलबार काठमाडौंमा गरेको ‘एमसिसी तथा लिम्पियाधुरा कालापानी लिपुलेकमाथि कब्जा र राष्ट्रिय स्वाधीनताको प्रश्‍न’ सर्वपक्षीय अन्तरक्रियामा बोल्दै नेता रावलले एमसिसीबारे सोच्‍न पनि नसकिने बताएका हुन्।

‘नेपालमा एमसिसी लागू गर्ने कुरा मात्रै नभएर त्यसबारे सोच्‍नसमेत सकिँदैन’, रावलले भने, ‘नेपालको संविधान भन्दा माथि रहेको सम्झौता लागू भएमा भोलि अमेरिकाले चाहे अनुसारको कानुन बनाएर नेपालमाथि लगाउँछ।’

अमेरिकाले प्रकाशित गरेको प्रतिवेदनमा एमसिसी इण्डो प्यासिफिक सैन्य रणनीतिकै अंश भएको स्षप्टरूपमा खलासकेको पनि जानकारी दिए।

‘अमेरिकाकै लिखित दस्तावेजलाई नमानेर आफू खुसी भनाइ व्यक्त गर्नुको अर्थ छैन’, उनले भने, ‘एमसिसी सम्झौता नेपालको संविधान विपरीत छ। यदि एमसिसी लागू भएमा भविष्यमा अमेरिकाले बनाउने कानुन नेपालले स्वीकार गर्नुपर्ने बाध्यता आइलाग्छ।’

नेता रावलले एमसिसीको विरोध गर्दा आफूमाथि विभिन्‍न आरोप लगाइएको पनि गुनासो गरे। ‘यो सम्झौता नेपालको हितमा छैन भन्दा ममाथि अनेक आरोप लागे’, उनले भने, ‘राष्ट्रहितको कुरा गर्दा लाग्ने आरोपलाई मैले सामान्यरुपमा लिएको छु।’

नेता रावलले एमसिसीका प्रावधानहरु नेपालको संविधान भन्दा बाहिर रहेको पनि दाबी गरे। ‘दुईतिहाइको सरकारले बनाएको संविधानलाई कुनै एउटा सम्झौताको लागि संशोधन गर्न सकिँदैन’, भने, ‘नेपालमा बन्‍ने योजनामा भारतसँगको सम्झौता किन जरुरी पर्‍यो? त्यसैले एमसिसी नेपालको हित विपरीत छ।’

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…