कुखुराकाे मासुकाे भाउ बढाउने व्यापारीलाई सरकारले कारबाही गर्ने

काठमाण्डाै – कुखुराको मासुको भाउ बढाउने व्यवसायीलाई सरकारले कारबाही गर्ने भएको छ ।

कुखुराको मासुको भाउ अस्वभाविकरुपमा बढाएर किलोको चार सय २० रुपैयाँ पुर्याउँदा पनि सरकार चुप रहेको भन्दै उपभोक्ताले आक्रोश व्यक्त गरिरहेका बेला वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीलाई कारबाही थाल्ने तयारी गरेको हो ।

मूल्य बढ्नुको कारणबारे पोल्ट्री, दाना, अण्डा र कुखुरापालक सङ्घलाई स्पष्टीकरण सोधेको र मङ्गलबारसम्म चित्तबुझ्दो जवाफ नआए बुधबारबाट कारबाही प्रक्रिया थाल्ने विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले उज्यालोलाई जानकारी दिनुभयो ।

डेढ महिना अघिसम्म दुई सय ५० रुपैयाँ किलो रहेको कुखुराको मासुको भाउ व्यापारीले चार सय २० रुपैयाँ पुर्याएका छन् ।

बिहे, वनभोजलगायतका कारण मासुको माग बढी हुने महिनामै व्यवसायीले मासुको भाउ बढाएका हुन् ।

व्यापारीले लागत मूल्य नपाएको भन्दै गएको मङ्सिर २९ गतेदेखि १० दिनसम चल्ला र चल्ला उत्पादन गर्न ठिक्क पारेका अण्डा नष्ट गरेका थिए । त्यसको असर डेढ महिनापछि बजारमा देखिएको हो ।

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…