प्रहरीले अझै भेट्टाउन सकेन ‘बी एण्ड सी’ अस्पतालका सञ्चालक प्रसाईं

भक्तपुर : झापास्थित बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई भक्तपुर प्रहरीले अझैसम्म भेट्टाउन सकेको छैन। प्रसाईंविरुद्ध गएको माघ २ गते जिल्ला प्रशासन कार्यालय भक्तपुरले अभद्र व्यवहारको मुद्दाअन्तर्गत पक्राउ पुर्जी (वारेन्ट) जारी गरेको थियो।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले महानगरीय प्रहरी परिसर भक्तपुरको मागबमोजिम प्रसाईंलाई पक्राउ गर्न पुर्जी जारी गरेकी थिइन्। प्रसाईविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले गएको माघ २ गते आफूमाथि अभद्र व्यवहार भएको निवेदन दर्ता गरेका थिए।

उनको निवेदनको आधारमा प्रसाईंलाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर भक्तपुरले जिल्ला प्रशासन कार्यालयमा पक्राउ पुर्जी जारी गर्न माग गरेको थियो। तर वारेन्ट जारी भएको १७ दिन पूरा हुँदा पनि भक्तपुर प्रहरीले प्रसाईंलाई पक्राउ गर्न सकेको छैन। भक्तपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले प्रसाईंको खोजतलास भइरहेको जानकारी दिए।

उनका अनुसार प्रसाईंले प्रयोग गर्ने मोबाइलको स्वीच अफ छ। साथै उनले नेपाल छाडिसकेको प्रहरी अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक प्रधानले बताए। ‘हाम्रो अनुसन्धानले उहाँ नेपालको सीमाबाहिर जानुभएको देखाएको छ’, उनले भने, ‘तैपनि हामी उहाँलाई नियन्त्रणमा लिएरै छाड्छौं।’

प्रसाईंले मेडिकल कलेजको सम्बन्धन दिनका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. गिरीले २० करोड रुपैयाँ मागेको भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए। आयोगका उपाध्यक्ष प्रा.डा. गिरीले उक्त अभिव्यक्तिको खण्डन गरेपछि प्रसाईंले गएको माघ २ गते भक्तपुरको सानोठिमीस्थित आयोगको कार्यालयमा १५–१६ जना अनधिकृत व्यक्तिको समूह पठाई हुलदंगा मच्चाउन लगाएको प्रहरी अनुसन्धानमा खुलेको भक्तपुर प्रहरीले जनाएको छ।

उक्त समूहले आयोगका उपाध्यक्ष प्रा.डा. गिरीको मानहानी हुने गरी कार्यालय परिसरमा पोस्टर टाँस्नुका साथै आयोगभित्र पर्चासमेत छरेको थियो। आफूमाथि अभद्र व्यवहार भएको र अनधिकृत समूहले अमर्यादित ढंगले हुलहुज्जत गरेपछि प्रा.डा. गिरीले भक्तपुर प्रहरीमा अभद्र व्यवहारसम्बन्धी किटानी निवेदन दिएका थिए।

विवादित व्यक्ति प्रसाईंले भागेर आफैँलाई गलत सावित गरेको प्रहरी उच्च अधिकारीहरु बताउँछन्। आफूले सही अभिव्यक्ति दिएको भए प्रहरीको सम्पर्कमा आएर त्यसको पुष्टि गर्नेतर्फ लाग्नुपर्ने उनीहरुको भनाई छ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…