महराकै लाइनमा सभामुख सापकोटा : भन्छन्, ‘देशभक्ति र सदाचारमा कुनै सम्झौता गर्दिनँ’

काठमाडौँ — एमसीसीको सम्बन्ध सभामुख अग्निप्रसाद सापकोटा पनि पुर्वसभामुख कृष्णबहादुर महराकै बोलि बोलेका छन्। सभामुख सापकोटाले देशभक्ति र सदाचारमा सम्झौता नगर्ने बताएका हुन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले संसदलाई प्रभावकारी बनाउन आफू अहोरात्र खट्ने र त्यसमा सहयोग गर्न सांसदहरूको सहयोग चाहिने पनि उनले बताए ।

यसअघि उक्त समिति सदस्य रहेका सापकोटालाई सभामुखमा निर्वाचित भएपछि आइतबार बधाई तथा शुभकामना दिन बैठक बोलाइएको थियो।

बैठकमा सापकोटाले भने, ‘देशभक्ति र सदाचारमा म सम्झौता गर्ने छैन, कुनै हालतमा। यी दुईवटा कुरा मेरो जिन्दगीका सबैभन्दा मुख्य कुरा हुन्।’

मुलुकलाई अगाडि बढाउन जनप्रतिनिधिहरूको संस्थाको भूमिका महत्त्वपूर्ण हुने सापकोटाको भनाइ थियो। उनले भने, ‘राष्ट्रको कार्यभारको महत्त्वपूर्ण भूमिका जननिर्वाचित संसद पनि हो।

लोकतन्त्रको विकास, विस्तार र सुदृढिकरणका लागि यसको भूमिका रहेको छ।’ संसदको प्रभावकारिताले मुलुकमा विकास र समृद्धि आउने उनको भनाइ थियो।

‘संसदको विकास, विस्तार र सुदृढिकरण गरेर नै यसको प्रभावकारीता कायम गरिनेछ। लोकतन्त्रको सुदृढिकरण गर्न संसदको प्रभावकारिताबढाउने मेरो धारणा छ,’ उनले भने।

नेपालको संसदमा कुनै पनि कुराको कमी नभएको र यसलाई मुलुकको समृद्धिमा प्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने उनको धारणा थियो।

सभामुख सापकोटाले संसदमा छलफल गर्नुपर्ने धेरै विषय भएको बताए। ‘अहिले सबैभन्दा छलफल गर्नुपर्ने कुरा के हो?मेरो प्रथम कार्यभार के हो? भन्ने विषयमा केन्द्रीत भएको छु।

मैले अगाडि बढेर भूमिका खेल्न पर्छ,’संसदको सफलता सबैको सफलता हुने भन्दै उनले थपे, ‘विधि, पक्रिया र पद्धति लागु गर्नका लागि म भगीरथ प्रयास गर्नेछु। अहोरात्र खट्नेछु।’

सापकोटा माघ १२ गते सभामुखमा निर्विरोध निर्वाचित भएका हुन्।

सांसदहरूले सभामुखलाई बधाई तथा शुभकामना दिने क्रममा अमेरिका र नेपालबीचभएको एमसीसी सन्धिबारे जिज्ञासा राखेका थिए। उक्त सम्झौताले नेपाललाई अमेरिकी सैनिक रणनीतिमा तान्ने सांसदहरूकोबुझाइ थियो।

संसदमा पुगेको उक्त सन्धिलाई पास गर्ने वा खारेज गर्ने भन्नेबारेमा अतिवादी सोच आएका पनि सांसदहरूको भनाइ थियो।

एमसीसीको विषयलाई लिएर पास हुनैहुन्न भन्ने र जसरी पनि पास गर्नुपर्छ भन्ने सोचभन्दा बाहिर निस्केर बीचको बाटो अपनाउनुपर्ने सांसदहरूको भनाइ थियो।

सांसद भीम रावलले भने, ‘संयुक्त राज्य अमेरिकाले जारी गरेको इन्डो प्यासिफिक स्ट्राटेजी रिपोर्ट नोभेम्बर ४, २०१९ र २०१७ का सिरिजको अध्ययन गरियोस्। त्यसमा कुनै ‘इफ’,’बट’, शंकाविहीन रूपमा के लेखिएको छ भने- मिलेनियम च्यालेन्ज कर्पोरेसन भनेको इन्डो प्यासिफिक स्ट्राटेजीको अंग हो।

आइपिएस भनेको चीन, रुस र कोरियाविरुद्धमा सैन्य रणनीतिका लागि ल्याइएको हो भनेर निर्विवाद रूपमाका भनिएको छ। यसमा विस्तृत अध्ययन गरियोस्। तथ्य, तथ्यांक अन्तर्राष्ट्रिय सम्बन्ध समितिले केलाओओस्।’ नेपाल कुनै पनि सैन्य रणनीतिमा सहभागी हुन नहुने र एमसीसीबारे व्यापक छलफल हुनुपर्ने उनको माग थियो।

समिति सभापति पवित्रा निरौला खरेलले एमसीसी पास गर्दा वा खारेज गर्दाको अवस्थामा सबै एकमत हुनुपर्ने धारणा राखिन्। उनले भनिन्, ‘एमसीसीका विषयमा गम्भीरता पूर्वक छलफल गर्नुपर्छ।

यसलाई पास गर्दा पनि सबै मिलेर एकताबद्ध भएर गर्नुपर्छ, पास नगर्दा पनि एकताबद्ध भएर गर्नुपर्छ। जे गर्दा पनि राष्ट्रभक्तिका साथ गर्नुपर्छ।’ उनले विधेयक निर्माणमा व्यापक छलफल गरिदिन सभामुखलाई आग्रह गरिन्।

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…