कोरोना भाइरसविरुद्ध उपचारमा खटिएका चिकित्सकले फेस मास्क खोल्दा देखियो यस्तो अवस्था

तस्विरमा देखाइएका व्यक्तिहरु कोरोना भाइरसको उपचारमा संलग्न डाक्टर तथा नर्सहरु हुन्। फोटोमा उनीहरुले विरामीको लगातार उपचारको काम गरेपछि केही समय पाएको ब्रेकमा मास्क खोल्दा खिचिएका हुन् । उनीहरुले उपचारको क्रममा कति लामो समयसम्म मास्क लगाउनुपर्छ भन्ने यी तस्वीरले देखाउँछन् ।

मास्कका कारण उनहिरुको अनुहारमा घाउ नै भएको फोटोमा देखिन्छ । वुहानमा उपचार गरिरहेका डाक्टर र नर्सहरूले ब्रेकको समयमा मास्क खोल्दा उनीहरूको अनुहारमा मास्कको छाप बसेको देखिन्छ ।

चीनमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणले अहिले पूरै विश्व त्रसित छ । चीनले यो भाइरससँग जुध्न आफ्नो पूरै सामर्थ्य लगाएको छ । चीनमा यसको संक्रमणमा परेका बिरामीहरुलाई उपचार गर्न खटिएका डाक्टरहरुको स्थिति यु द्धमा खटिएका सिपाहीको जस्तै छ । उक्त भाइरसका कारण चीन सबैभन्दा बढी प्रभावित भएको छ भने विश्वका करिब २ दर्जन मुलुकमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

चीनको हुवेई प्रान्तमा उक्त भाइरसका कारण थप ४५ जनाको मृ त्यु भएको छ । यससँगै सो भाइरसका कारण मृ त्यु हुनेको संख्या ३ सय ४ पुगेको अधिकारीहरुले बताएका छन् । त्यसैगरी करिब १४ जनामा सो भाइरसको संक्रमण देखिएको पनि उनीहरुले बताएका छन् ।

यो भाइरस स्वास प्रस्वासबाट फेलिने भएकोले यसको उपचारमा संलग्न डाक्टरहरुले अनिवार्य मास्क लगाउनुपर्ने हुन्छ । यसको उपचारमा संलग्न एक डाक्टरले समेत संक्रमणका कारण ज्यान गुमाइसकेको अवस्थामा डाक्टरहरु निकै सचेत छन् ।

उनीहरुले सकेसम्म उच्च गुणस्तरको मास्क लगाइरहेका छन् । यसैबीच चीनको सरकारी मिडिया पिपुल्स डेलीले ट्वीटरमा शेयर गरेका केही फोटोहरु निकै भाइरल भइरहेका छन् ।

कोरोनापछि बर्डफ्लुले भेटियो चिनमा 

वुहान शहरबाट सुरु भएको कोरोना भाइरसका कारण चुनौतिको सामना गरिरहेको चीनमा बर्डफ्लूको संक्रमण भेटिएको छ ।

चीनको कृषि तथा ग्रामीण मामिला मन्त्रालयले सोयाङ शहरमा बर्डफ्लूको एचफाइभ एनवान भाइरसको संक्रमण भेटिएको पुष्टि गरेको छ । सो शहर चीनको हुनना प्रान्तमा पर्दछ । भाइरसका कारण साढे ४ हजार कुखुराहरु मरेको बताइएको छ । उक्त फर्ममा झण्डै ८ हजार कुखुराहरु रहेको बताइएको छ । यद्यपी बर्डफ्लूका कारण कोही मानिस संक्रमित भएको खबर भने नआएको मन्त्रालयले जनाएको छ ।

 

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…